पत्रकार डाइल्सनको जीप दुर्घटनामा मृत्यु, अन्य चार घाइते
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १९:२१:३९
धीरेन्द्रप्रसाद साह
१ भाद्र,जविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्साहामा शनिबार जीप दुर्घटनामा परी रेडियो नेपालमा कार्यरत एक जना पत्रकारको मृत्यु भएको छ भने सोही जीपमा सवार अन्य चार जना गम्भीर घाइते भएका छन ।
पूर्वपश्चिम लोकराजमार्ग अन्तर्गत सो सडक खण्डमा जीप दुर्घटना परी रुपन्देही तिरहोतामा नगरपालिका १ बस्ने वर्ष ४० को डाइल्सन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउँकोमा गम्भीर चोट लागेर घाइते अधिकारीलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक अधिकारी रेडियो नेपालका स्थानीय संवाददाता रहेको बताइएको छ ।
अधिकारी सवार बा. १६ च २२३५ नम्बर पिकअप बोलेरो जीप बिहान १०ः४५ बजेको समयमा दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जादै गरेको अवस्थामा ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भएर त्यहाँ पार्किङ गरी राखिएको स. ११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर दिदै पल्टिदा दुर्घटना भएको थियो । पत्रकार अधिकारी सहितको टोली लगानी सम्मेलनमा सहभागी हुन बिराटनगरतर्फ जाँदै गरेको थियो ।
दुर्घटनामा परी सो जीपमा सवार रुपन्देहीको तिरहोतमा नगरपालिका १ बस्ने सो वडाको अध्यक्ष वर्ष ४६ को तामानाथ पाण्डे, वडा १४ का अध्यक्ष वर्ष ४६ को सोहन थारु, रुपन्देही उद्योग बाणिज्य संघका अध्यक्ष वर्ष ५२ को झबिन्द्रप्रसाद कँडेल र सियारिस गाउँपालिका ५ बस्ने चालक वर्ष ३६ को अशोक भण्डारी घाइते भएका छन ।
घाइतेहरुलाई हात्तखुट्टा, अनुहार र टाउँकोमा चोट लागेको छ । उनीहरुको तत्काल स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा सामान्य उपचार पश्चात थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर रेफर गरी पठाइएको बताइएको छ । घाइतेहरुको अवस्थामा सामान्य रहेको प्रहरीले बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार