बाढीपहिरोसम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार २०:२१:४५
१ भाद्र, काठमाडौं । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।
सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा नभएको सुन्नमा आएको छ भन्दै त्यसको वास्तविकताबारे सरकारको जवाफ माग गरे ।
“नेपालीको हातमा जग्गा छ तर लालपूर्जा भारतमा छ, यस्तो किन हुन्छ ?, भारतसँगको सिमानामा समस्या छ, त्यसको सरकारले दीर्घकालीन समाधान किन खोज्न सकिरहेको छैन रु”, उनले प्रश्न गरे ।
सांसद देवप्रसाद गुरुङले सैन्य आदातलसम्बन्धी ऐनमा भएको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गरे। सांसद डा मीनेन्द्रप्रसाद रिजालले आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न सरकारसँग आग्रह गरे । सांसद अनिलकुमार झाले बाढीका कारण तराईका जनताको जनधनको क्षतिबारे पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेको भन्दै गुनासो गरे।
“असारको अन्तिम साता बाढीका कारण मधेशमा ठूलो जनधनको क्षति भयो तर बाढी पहिरोका बारेमा पटकपटक कुरा राख्दासमेत दीर्घकालीन समाधान खोजिएको छैन, सरकारले वितरण गरेको राहत पनि एकपक्षीय भएको छ, फितलो भएको छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्”, उनले भने ।
सांसद उमाशङ्कर अरगरियाले कूल जनसङ्ख्याको १२ प्रतिशत मैथिली भाषा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हटाइएको भन्दै आपत्ति जनाए ।
सांसदद्वय प्रेम सुवाल र गोपालबहादुर बमले विभिन्न स्थानमा भारतले लगाएको तटबन्ध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गरे । सांसद प्रदीप यादवले प्रक्रिया पूरा गरेका नेपाली नागरिकलाई राज्यले नागरिक प्रदान गर्नुपर्छ भने ।
सांसद मोतीलाल दुगडले मुलुक निर्माणमा योगदान पु¥याउँदै आएको मारवाडी समुदायलाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गरे । सांसद प्रकाश रसाइली स्नेहीले देशमा विभिन्न स्थानमा अवैधानिकरूपमा भएको बालुवा उत्खनन रोक्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार