केन्यामा लागूऔषध कारोबार आशंकामा पक्राउ परेकी नेपाली महिला रिहा
नेपालबहस संवाददाता
भदौ २, २०७६ सोमबार १६:४८:३२
निर्मला तिवारी
२ भाद्र, स्पेन । केन्या प्रहरीले सामुद्रिक तटअवस्थित शहर माम्बासामा लागू औषध कारोबारको गरेको आशंकामा नेपाली मुलकी सुस्मिता कार्कीलाई छानविन पछि त्यहाँको अदालतले रिहा गरेको छ ।
केन्यामा लागूऔषध कारोबारको निम्ति कुख्यात भारतीय मूलका उच्च घरानाको ब्यापारी अलि पुन्जानीको घरबाट गिरफ्तार कार्कीले आफूलाई पुन्जानीकी श्रीमती भएको दावी गरेकी छिन् ।
माम्बासाको न्यालीमा अवस्थित भब्य बङ्गालामा पुलिसले छापा मार्दा संगै पक्राउ परेका शिव प्रसाद वस्याल पनि संगै रिहा भएका छन् । नैरोबीमा अवस्थित नेपाली कन्सूलको कार्यालयमा कार्यरत एडिथले जनाए अनुसार उनीहरु दुवैजना नेपाली भएको पुष्टि समेत गरेका छन् ।
तीन दिनको हिरासत पछि उनीहरु पुलिसको निगरानीमा रहने गरी रिहा भएको त्यहाँको संञ्चार माध्यमहरूले जनाएका छन् । रिहाइ भएपछि उनीहरु सकुशल र सुरक्षित छन् समेत रहेको त्यहाँ स्थीत नेपाली दुतावासले समेत जनाएको छ ।
नेपाल सरकार र गैर आवासीय नेपाली संघको पहलमा गत महिना मात्रै नैरोबीबाट नेपाली चेलीहरुको सकुशल उद्दार
भारतीय अभिनेत्री किम शर्माका पूर्व पति पुन्जानीको आकाश परिवार केन्यामा निकै ठूलो चर्चित ब्यापारिक घराना भएको बताइएको छ । भारतीय मूलका यी तीन भाइको पहुच त्यहाँको सरकारको माथिल्लो तहसम्म रहेको श्रोतको दावी समेत रहेको छ ।
दक्षिण अमेरिकाबाट अफ्रिकामा लागू औषध र हतियारको ओसारपसारको अभियोगमा अमेरिकी गुप्तचर निकाय एफबिआइले यिनका दुई भाइहरु बक्तास र इब्राहिमलाई केन्याबाट पक्रेर अमेरिका लगेको संञ्चार माध्यमहरूले जनाईएको छ ।
अमेरिकी जेलमा कैदबन्दी विताइरहेका उनीहरु अहिले अदालतको अन्तिम फैसलाको पर्खाइमा बसेका छन् । अलि पुन्जानी भने मुटुको अपरेशनका लागि भन्दै भारतमा केहि समय देखि बस्दै आएका छन् ।
केन्याका रेस्टुरेन्ट एण्ड बारहरूमा नेपाली चेलीहरु पुर्याएर बेश्यावृत्तिमा समेत लगाइने गरेको समाचार सार्वजानिक भएपछि नेपाल सरकार र गैर आवासीय नेपाली संघको पहलमा गत महिना मात्रै नैरोबीबाट नेपाली चेलीहरुको सकुशल उद्दार गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार