शालिकराम पुडासैनी प्रकरण : आन्दोलनलाई निरुत्साहित पार्न कांग्रेस, नेकपा एकमत
नेपालबहस संवाददाता
भदौ २, २०७६ सोमबार १९:३४:१६
२ भाद्र, चितवन । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने निर्णय चितवनका राजनीतिक दलहरुले गरेका छन् ।
आइतवार चितवनका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले न्याय सम्पादनमा असर पुग्ने काम कहिँ कतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल समेत गरेको छ ।
बैठकमा सत्तारुढ दल नेकपाका चितवन अध्यक्ष यमबहादुर परियार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी, चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयमा आइवार साँझ बसेको बैठकले चितवनमा पक्ष वा विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने, शान्ति सुरक्षा, निश्पक्ष न्याया सम्पादन खलल पार्ने गरी हुने प्रदर्शन र तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने भनिएको छ ।
अदालतले थप अनुसन्धानका लागि समय दिएको समयमा अदालती प्रकृयामा असर गर्ने गरी कुनै पनि काम नगर्न सबैमा बैठकले अपिलसमेत गरेको छ ।
पुडासैनी मृत्यु प्रकरणमा मुछिएपछि सञ्चारकर्मी रवि लामिछानेसहितका तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो । विहीवार पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै शुक्रवार पाँच दिनको समय दिएको थियो ।
लामिछाने पक्राउ परेको विरोधमा उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन् भने प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्थासमेत बनेपछि जिल्लाको शान्तिसुरक्षा र निश्पक्ष न्याय निरुपणमा दवाव दिन नहुने विषयमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरु एक मत भएका हुन् ।
निषेधाज्ञा जारी
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार