एक महिनामा सय बढीले लिए अपाङ्गता परिचयपत्र
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १३:३८:१०
३ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाबाट एक महिनामा ११२ अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् ।
महानगरपालिकाले सो योजना अघि बढाएको एक महिना अवधिभरमा ५२ महिला र ६० पुरुषले सो परिचयपत्र लिएका हुन् । गत असार २५ गतेदेखि सो योजना अघि बढाइएको महानगरपालिकाको महिला विकास शाखा प्रमुख अधिकृत महेश्वरी विष्टले जानकारी दिइन ।
उनले भने, “महानगरबाट पूर्ण अपाङ्गतामा ११ महिला र २२ पुरुष, अति अशक्तमा २९ महिला र ३१ पुरुष, मध्यम अपाङ्गतामा १२ महिला र छ पुरुष तथा साधारण अपाङ्गतामा एक पुरुषले मात्र परिचयपत्र लिएको छ ।” महानगरले सो परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिको चाप बढेको बताइएको छ ।
अपाङ्गता परिचयपत्र वितरणका अलावा अन्य विभिन्न काममा पनि ध्यान दिनुुपर्ने भएकाले यही भदौदेखि महिनाको दुई पटक पाँच र २० गते वितरण गर्ने योजना अघि बढाइएको विष्टले बताए । सो परिचयपत्रले अपाङ्गता भएका व्यक्तिलाई यातायात, अस्पताल र हवाइमार्गमा छुटको सुविधा दिलाउन सहयोग गर्छ ।
महानगरको वडा नं ६ मा ५६, ७ मा ५६ र ८ मा ५८ अपाङ्गता भएका व्यक्ति रहेका शाखाका महिला विकास अधिकृत शोभा खरेलले बताए । उनले भने, “महानगरका अन्य २६ वडामा अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनको काम अघि बढेको छ, सबै वडामा तथ्याङ्क सङ्कलन गर्ने काम समाप्त भएपछि नयाँ अपाङ्गताका हकमा नयाँ कार्यक्रम ल्याउनेछौँ ।”
विगतमा अपाङ्गता परिचयपत्र पुस्तक ढाँचामा प्रकाशन भएको थियो भने हाल नागरिकता प्रमाणपत्र आकारमा भित्रिएको छ । महानगरमा सो परिचयपत्र लिन आउने व्यक्तिले अनिवार्यरूपमा सम्बन्धित वडा कार्यालयको सिफारिस, तस्वीर टाँसेको निवेदन, उमेर पुगेको हकमा प्रमाणका लागि नागरिकता र उमेर नपुगेको हकमा जन्मदर्ता, बसाइँसराइ गरेको भए सोको पत्र, अस्पष्ट अपाङ्गता भएकाको हकमा अस्पतालको पत्र ल्याउनुपर्ने हुन्छ ।
महानगरपालिकाबाट परामर्श दिइने
महानगरपालिकाको महिला विकास शाखाले ‘क’ वर्गको परिचयपत्र लिने अपाङ्गता भएका व्यक्तिलाई परामर्श दिने गरेको छ । ‘क’ वर्गको अपाङ्गता भएका मानिसमा मनोरोगको समस्या देखिएसँगै परामर्श दिन शुरु गरिएको छ ।
यस्ता मानिस समाजमा बाहिर ननिस्कने तथा यिनले अरुसँग मनको कुरा खोल्न नपाउने हुँदा मनोरोग बढेको बताइएको छ । नेपालमा अपाङ्गतालाई चार प्रकारमा वर्गीकरण गरी १० भागमा विभाजन गरिएको छ । शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, हेमोफेलिया र बहुअपाङ्गता भएका व्यक्तिले अपाङ्गताको परिचयपत्र पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार