संसद्को गाडी खरिद प्रकरण : समितिले माग्यो सम्पूर्ण कागजात
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १३:५३:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/gadi_Mw1LlkTPaD.jpg)
३ भदौ, काठमाडौं । सङ्घीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात सङ्घीय संसद् सचिवालयसँग माग गरेको हो ।
सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ । नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए ।
छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिदसम्बन्धी सबै कागजात माग गरिएको बताए । उनले भने, “हामीले खरिद प्रक्रियाका सबै कागजात आजै उपलब्ध गराउन भनेका छौँ । स्पेसिफिकेसनका कागजात पनि माग गरेका छौँ । सचिवालयले दिनुपर्ने कागजात आज नै उललब्ध गराउन भनेका छौँ ।”
समितिले प्राविधिक र खरिदका विषयमा छानबिनका लागि प्राविधिक जनशक्तिसमेत दुई निकायबाट माग गरेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एक मेकानिकल इन्जिनियर र सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट एक सहसचिव माग गरेको छ । दुवै निकायलाई दुई दिनभित्र जनशक्ति सिफारिस गर्न समितिले आग्रहसमेत गरेको छ ।
यस्तै समितिले गाडी खरिद गरी दिइएका सङ्घीय संसद्का १० जना सभापतिलाई मङ्गलबार बिहान छलफलका लागिसमेत बोलाउने निर्णय गरेको छ । सभापति कृष्णभक्त पोखरेलले भने उक्त गाडी लिइसकेका थिएनन । अन्य १० सभापतिलाई गाडी उपलब्ध गराइएको थियो ।
छानबिन समितिका पाँच सदस्य पनि प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका दुई विषयगत समिति सभापति छन् । समितिमा बिडारीसहित कृष्णभक्त पोखरेल, भरतकुमार शाह, कृष्णप्रसाद दाहाल र तारादेवी भट्ट छिन् ।
कारण यस्ताे छ :
सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । जसमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो ।
११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ । गाेरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार