नेपाल चेम्बर अफ कमर्श र मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १४:५४:०
३ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा सोमबार सझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा दुबै पक्षले संयुक्त रुपमा व्यवशायीक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्तुगत , आबद्ध, द्धिराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्ति महानुुभावहरुलाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।
सो अवसरमा आफ्नो धारणा राख्दै मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटि एक अभियानको रुपमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए ।
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठलेचेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारी पत्र भएको हुनाले यो शुभारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्य एंव आबद्ध सबै लाभान्वित हुने आशा एंव विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
गौशाला धर्मशाला विवादमा उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, दुबै पक्ष झिकाउने
कात्तिक २, २०८१ शुक्रबार
अन्नपूर्णले गर्यो पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी
कात्तिक २, २०८१ शुक्रबार
तीन करोडको लगातमा महाशिलामा आश्रम भवन निर्माण
कात्तिक २, २०८१ शुक्रबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
५४ वर्षयताकै सबैभन्दा बढी वर्षा: दुई सय ५० को मृत्यु, ४६ अर्ब बराबरको क्षति
कात्तिक २, २०८१ शुक्रबार
विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम हुँदा भाडादर गुणासम्म महङ्गो
कात्तिक २, २०८१ शुक्रबार