ज्याग्दीखोलामा स्याङ्जाकै लामो झोलुङ्ग पुल
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार १७:५१:१२
३ भदौ,स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा जिल्लाकै लामो झोलुङ्गे पुल निर्माण भएको छ । केन्द्रीय आयोजना डोलीडारमार्फत जय नेपाल निर्माण सेवा कम्पनीले पुल निर्माण गरेको हो । खोलाको सतहदेखि १ सय १९ मिटर उचाईमा बनेको पुलको लम्बाई ३ सय १८ मिटर छ ।
जिल्लाकै लामो झोलुङ्गे पुल भएपनि गण्डकी प्रदेशमा भने ज्याग्दीखोलाको उक्त पुल लम्बाईको तुलनामा चौथो नम्बरमा आउँछ । लम्बाई बढि भएका झोलुङ्गे पुलमा पर्वतमा मात्रै ३ वटा पुल छन् । कुस्मा–कुडीकुवा ३ सय ५९, कुस्मा–बलेवा ३ सय ४७ र कुस्मा–ग्यादी ३ सय ४४ मिटरका पुल नेपालकै लामो पुल मध्येका झोलुङ्गे पुल हुन् ।
पुलबाट दैनिक १ हजार ५ सय यात्रु आवतजावत गर्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन डोटेलले जानकारी दिए । चापाकोट नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गरी समृद्ध नगर बनाउन, स्थानीय तथा विद्यालय जाने विद्यार्थी, र यात्रुलाई मध्यनजर राखेर पुल निर्माण गरिएको उनले बताए ।
झण्डै साढे ४ करोड रकममा योजना सम्पन्न भएको पुलले चापाकोट नगरपालिका हरिनाश गाउँपालिका र पाल्पाको रामपुर नगरपालिकाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । खोला वारपार गरेर गाउँमा निस्कन करिब आधा घण्टा समय खर्चनुपथ्र्याे अहिले पुल बनेपछि पाँच मिनेटमै उक्त गाउँमा पुग्न सहज भएको छ ।
नमूनाका रुपमा निर्माण भएको पुल हेर्नेको अहिले घुइँचो छ । विभिन्न स्थानबाट यो पुल अवलोकन गर्न आउनेक्रम बढेको छ । “बञ्जीजम्प सञ्चालन गर्ने योजना बनाएका छौं ।” स्थानीय दीर्घबन्धु पौडेलले भने, “बञ्जीजम्प संचालनमा आएपछि आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटक भित्रने अपेक्षा गरेका छौं ।”
“ज्याग्दीखोलाको उक्त स्थानमा पुल अति नै आवश्यकता थियो, बल्ल बनाउन सकियो ।” गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले भने, “लामो प्रयासबाट पुल बनेको छ, बाटो छोटो हुने भएपछि स्थानीयलाई राहत हुनेछ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी
माघ ८, २०८१ मंगलबार
क्यानको अनुशासन कारबाहीमा परे सन्दीप लामिछाने, एक खेल खेल्न प्रतिबन्ध
माघ ८, २०८१ मंगलबार