सचिवहरुको अकस्मात सरुवा, को कहाँ पुगे ?
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार २०:३३:१३
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद वैठकले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी अकस्मात हेरफेर गरेको छ । स्रोतका अनुसार, वैठकमा मन्त्रीहरुले आफ्नो रुची अनुुसारको नाम प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री ओलीले हाललाई केही अत्यावश्यक मन्त्रालयमा मात्र हेरफेर गर्ने जानकारी दिए ।
स्रोतका अनुसार अर्थका दुवै सचिवको सरुवा भएको छ । अर्थमा राजन खनाल र लालशंकर घिमिरे सचिव छन् । घिमिरेले भदौ १० गतेबाट अवकाश समेत पाउँदैछन्। खनाल माघमा अवकाश पाउने सूचीमा छन् । गृह सचिव भने यथावत राखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा नयाँ सचिव पठाइएको छ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय लगिएको छ भने शिक्षाका खगराज बराललाई श्रममा सट्टापट्टा गरिएको छ । यस्तै भूमिसुधार तथा गरिवी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई मन्त्रिपरिषद सचिवालयमा तानिएको छ । मैनालीको स्थानमा महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्यप्रसाद गाैतमलाई पु¥याइएको छ ।
भर्खरै मात्र पर्यटन तथा नागरिक मन्त्रालयको जिम्मेवारी पाएका योगेश भट्टराईले पनि आफ्नो मन्त्रालयमा रुचीको सचिव ल्याएका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई आफ्नो मन्त्रालय तानेका छन् । हालका पर्यटन तथा नागरिक मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई आपूर्तिमा लगिएको छ ।
कतिपय मन्त्रीले भने सचिव फेर्न माग गरेपनि प्रधानमन्त्रीले हाललाई थमौती गरेका छन् । यसबारे पुन छलफल गर्ने भनी मन्त्रीहरुलाई चूप लाग्न प्रधानमन्त्री ओलीले दवाव दिएका छन् । ओलीलाई हाल प्रदेशमा रहेका केही प्रमुख सचिव र सचिवको सरुवा गर्न विभिन्न ठाउँबाट दवाव आएको बताइन्छ ।
स्वास्थमा पुनः समस्या देखिएकाले उनी फलोअपका लागि विदेश जाने तयारीमा छन् । प्रधानमन्त्री ओली थप स्वास्थ उपचारका लागि पर्सि भदौ ५ गते विहीवार सिंगापुर जाँदै छन् ।
यसपटक पनि उनी झण्डै एक साता उपचारका लागि सिंगापुर बस्ने भएकाले केही सचिवको सरुवा गरिएको स्रोतको दावी छ । सिंगापुरबाट फिरेपछि भने सचिवहरुको व्यापक रुपमै सरुवाको तयारी भइरहेको स्रोतको दावी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार