पर्यटकीय क्षेत्र इलाममा साहित्यिक महोत्सव
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार १२:५४:३०
४ भदौ, इलाम । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो ।
साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ । विशेषगरी मोफसलका साहित्यकारलाई ध्यानमा राखेर गरिने महोत्सवमा भारतीय क्षेत्रका साहित्यकारलाई समेत निमन्त्रणा गरिनेछ ।
“हामी साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको चिनारीका लागि महोत्सव आयोजना गर्न लागेका हौँ, यसका लागि हामी छिमेकी देश भारतका सिक्किम, दार्जिलिङलगायतका साहित्यकारलाई पनि ल्याउने प्रयत्नमा छौँ”, महोत्सव आयोजक संस्था इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भने ।
मुलुक बाहिरका साहित्यकारलाई महोत्सवमा विशेष स्थान दिइने र महोत्सवलाई ‘अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन’का रूपमा चिनाउने प्रयत्न रहने अध्यक्ष थाम्सुहाङको भनाइ छ । इलामका सम्भावना बोकेका तर ‘गुमनाम’मा परेका पर्यटकीय क्षेत्रमा साहित्यकारको भ्रमण गराउने र आउँदा दिनमा पर्यटकको सङ्ख्या बढाउने महोत्सवको उद्देश्य छ ।
महोत्सवमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा राजनीतिज्ञ योगेश भट्टराई, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता घनश्याम भुसाल र काँग्रेस नेता प्रदीप गिरीको उपस्थिति रहेन छ भने अग्रज साहित्यकार श्रवण मुकारुङ, यज्ञस, वैरागी काइँला ९तिलविक्रम नेम्वाङ०, गणेश रसिक, युवराज नयाँघरेलगायतको प्रस्तुति रहने जनाइएको छ ।
दुईदिने महोत्सवमा ‘समृद्धि कसको र कसका लागि’, ‘करोड क्लब र अफवाह’, सत्ता कि प्रतिपक्ष, मानकमाथि प्रश्न, किताब किन बिक्न छाड्यो, पछिल्ला साहित्यिक आन्दोलनलगायतका कार्यक्रम राखिने जनाइएको छ ।
करीब रु २५ लाख लागत अनुमान गरिएको महोत्सवमा ११ सेसनमा कार्यक्रम हुनेछन् । १५० देखि २०० साहित्यकार भित्र्याउने योजना रहेको कार्यक्रममा इलामसम्बन्धी साहित्यिक कृतिलाई बढी मान्यता दिइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
असोज २०, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
असोज २०, २०८१ आइतबार
पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार