पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार १३:१३:५८
४ भदौ, लमजुङ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो ।
पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले बताए ।
गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आइरहेको यस झरनालाई थप व्यवस्थित गरेर यसपालिबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत प्रथम क्योनोनिङ महोत्सवको आयोजना गर्न लागिएको उनको भनाइ छ ।
महोत्सवका लागि अधिकांश काम सम्पन्न भइसकेका आयोजकले जनाएको छ । सोही महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गरिने भएका छन् । महोत्सव अवधिभर १० हजारदेखि १५ हजार दर्शक विभिन्न स्थानबाट आउने अपेक्षा आयोजकको छ ।
महोत्सव सञ्चालनका लागि करीब रु साढे चार लाख खर्च हुने बताइएको छ । त्यस्तै सन् २०२० मा अन्तरराष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा हुने र सो क्यानोनिङमा २६० जनाले क्यानोनिङ गर्ने आयोजकको दाबी छ । गाईखुरे झरना करीब ७० मिटर अग्लो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार