ब्राजिलमा डढेलो, २७ सय किलोमिटर पर दिउँसै अँध्यारो !
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार १६:४८:१७
४ भदौ, एजेन्सी । ब्राजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ।
न्याश्नल इन्स्टिट्युट फर स्पेस रिसर्च ‘आइएनपीई’का अनुसार गत वर्षभन्दा यो वर्ष डढेलोको सङ्ख्या ८३ प्रतिशतले बढेको देखिन्छ। केही हप्ताअघि वनविनाशबारे उपलब्ध गराइएको तथ्याङ्कबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेका थिए।
अतिदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले पद सम्हालेयता अमेजन क्षेत्रलाई कृषि र खनिज उत्खननका लागि विकास गर्ने बताउँदै आएका थिए। वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो।
एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको वनबाट डढेलोको धुँवा ल्याएपछि २७ सय किलोमिटर पर अवस्थित उक्त सहरमा एक घण्टा अँध्यारो भएको थियो।
अमेजन वनक्षेत्र लागेको डढेलोबाट आएको धुँवाका साओ पाउलोमा दिउँसै अन्धकार भएको थियो । संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न राष्ट्रपति बोल्सुनारूले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन्।
गत बिहीवारयता मात्रै त्यहाँ नौ हजार पाँच सयवटा डढेलो देखिएकामा ती अधिकांश अमेजन क्षेत्रमा थिए। आइएनपीईले ज्यानुअरीदेखि अगस्ट महिनाबीचमा ७२ हजारवटा डढेलोका घटना पहिचान गरेको बताएको छ।
त्यस्तो विवरण राख्न थालिएको सन् २०१३ पछिको यो सबैभन्दा उच्च सङ्ख्या हो। अन्तरिक्षबाट खिचिएका तस्बिरमा ब्रजिलको उत्तरी राज्य रोराइमाको अधिकांश भाग कालो मुस्लोले ढाकेको देखिन्छ।
राष्ट्रपति जाइर बोल्सोनारू वातावरणसम्बन्धी नीतिका कारण आलोचित छन् । त्यस आसपासका उक्त वन पर्ने क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ। सुक्खायाममा डढेलो लाग्ने क्रम ब्रजिलमा नौलो नभए पनि गैरकानुनी रूख कटान र पशुपालनका लागि मानिसहरूले जानीजानी आगो लगाउन थालेको बताइन्छ।
बोल्सोनारूले अन्तरिक्षबाट सङ्कलित तथ्याङ्कको खण्डन गर्दै नयाँ बाली लगाउन किसानहरूले खोस्टा जलाउँदा त्यस्तो देखिएको दाबी गरेका छन्। विश्व वन्यजन्तु कोषका अमेजन कार्यक्रम प्रमुखले यसलाई पछिल्ला वर्षमा बढिरहेको वनजङ्गल फँडानीको नतिजा रहेको बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार