खाँडो नदीमा कमसल तटबन्ध ! रुपनीको तीन सय घरधुरी असुरक्षित ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार २०:९:४
![](https://nepalbahas.prixacdn.net/media/albums/Khando-river-nepal_U3Qe1Rb8bm.jpg)
धीरेन्द्रप्रसाद साह
४ भदौ, राजविराज । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाँडो नदीमा निर्माण गरिएका तटबन्धले रुपनी बजारसहित तीन सय घरधुरी बाढीबाट सुरक्षित हुने दाबी गरिएको छ । तर, बर्खा मासमा भइरहेको वर्षाबीच १८ दिनमै साढे चार करोड खर्च गरेर बनाइएको सो बाँध कमसल रहेको स्थानीयबासीको कथन छ । अब आउने ठूलो बाढी बाँध थेग्न सक्छ कि सक्दैन ? उनीहरुको आशंका छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अनुदानबाट सो खोला किनार स्तरीकरण कार्यक्रम अन्तर्गत तटबन्ध निर्माण गरिएको हो । सो बाँधले रुपनी बजारसहित तीन सय घरधुरी डुवान तथा कटानबाट सुरक्षित हुने बताइएको छ । कूल चार करोड ५० लाखको लागतमा ७७० मिटर लामो तटबन्ध निर्माण गरेको र सोबाट तीन सय घरधुरी बस्ती जोगिनुका साथै १५० बिगहा खेतीयोग्य जग्गा समेत नदीको कटानबाट जोगिने गाँउपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।
असार १२ गते मात्र सम्बधित निकायबाट बजेट निकासा भएका कारण त्यसपछिको अबिरल वर्षा र बाढीका कारण बाँध निर्माणको काममा केहि अबरोध आएपनि समयमै काम सम्पन्न गर्न सकिएको उनले बताए । बजेट ढिलो गरी प्राप्त भएकोले टेण्डर प्रक्रियामा जाँदा लामो समय लाग्ने थियो । काम नहुँदै रकम फ्रिज भएर जान्थ्यो, अध्यक्ष यादवले भने, समय कम भएको कारण पाँच प्याकेजमा छुटटछुटै उपभोक्ता समिति मार्फत निर्माण काम सम्पन्न गरिएको हो ।
साढे तीन मिटर अगलो बाँधको निर्माण सम्पन्न गर्नुका साथै बाँधको माथिल्लो भागमा साढे चार मिटर र बाँधको तल छ मीटर तारजाली र ढुंगाले तटबन्ध निर्माण गरिएको उनले जानकारी दिए । बाँधको किनारमा एक हजार तीन सय महगनिको बिरुवा समेत लगाइएको छ ।
खाँडो नदीको सो खण्डको पश्चिममा शम्भुनाथ नगरपालिका १ सिमाना देखि पूर्वमा रुपनी गाँउपालिका १ सम्म ७७० मीटर बाँध निमाण सम्पन्न भएको र बाँकी रहेको एक हजार एक सय मिटरमा आर्थिक वर्ष २०७६÷२०७७ मा बाँधको निर्माण गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट बजेट माग गरिएको समेत अध्यक्ष यादवले जानकारी दिए ।
रुपनी गाउँपालिकाले जिल्ला समन्वय समिति प्रमुख प्रभावकर यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख मनोजकुमार यादव, राजपा केन्द्रिय सदस्य दिनेश यादव, राजपा सप्तरीका पूर्व संयोजक अमरनाथ मण्डल, राजपाकै विद्यार्थी नेता शम्भु यादव, विभिन्न वडा अध्यक्ष, सदस्य तथा सञ्चारकर्मीहरुद्वारा गत आइतबार संयुक्त रुपमा अनुगम गराएको थियो । बाँधको कामको अवस्था हेरेर प्रजिअ पौडेलले केही बोल्न चाहेनन् । उनले सांकेतिक रुपमा तटबन्धको सम्पन्न काम सबैको सामुने छ । यसको प्राविधिक कुराहरु प्राविधिकबाटै थाहा हुने बताए ।
योजना फाँट र लेखा फाँटका कर्मचारीहरु संघिय राजधानी काठमान्डौमा रहेकाले अनुगमनको क्रममा योजनाहरुको लगत ईस्टिमेट उपलब्ध गराउन असमर्थ रहेको अध्यक्ष यादवले पछि उपलब्ध गराउने प्रतिबद्धता जनाए । तर, आजसम्म उक्त कागजात उपलब्ध गराउने तत्परता देखाएको छैन ।
तटबन्ध निर्माणका लागि बजेट आएदेखि नै उपभोक्ता समिति गठन प्रक्रिया नै बिबादित बन्दै आएको थियो । आफु अनुकूल उपभोक्ता समिति गठन गरी निश्चित प्रतिशत कमिसन लिएर गाँउपालिकाले काम गराएको आरोप लगाउँदै स्थानियवासिन्दाले पटक–पटक विरोध गर्दै आएका थिए । उपभोक्ता समितिको गठन प्रक्रिया बाँध निर्माणमा भइरहेको अनियमितता बिरुद्ध नेकपाका स्थानीय नेता रामभजु यादवको नेतृत्वमा सघर्ष समिति नै गठन भएको छ । निर्माण स्थलमा योजना सम्बन्धी सूचना बोर्ड समेत राखेका छैन । तटबन्धमा तोकिएको मापदण्ड अनुसारको ढुङ्गाको आकार, जालीको आकार तथा जिओ ब्याग प्रयोग नगरेको उनीहरुको आरोप छ ।
तटबन्ध निर्माण कम समयमा हत्तारमा सम्पन्न गर्दा भएको कमिकमजोरीलाई सच्याएर जाने अध्यक्ष यादवले प्रतिबद्धता व्यक्त गरेका छन् ।
फोटो क्याम्पसन : खाँडो खोलामा निर्माण गरिएको तटबन्ध र अनुगमन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितको टोली ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार