भारतीय प्रधानमन्त्री मोदीको एजेण्डा बोकेर विदेशमन्त्री जयशंकर काठमाडौंमा, के होला त निर्णय ?
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बुधबार २०:३७:२८
४ भदौ, काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौ वैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । भोलिसम्म चल्ने यस वैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकार आजै काठमाडौं आइसकेका छन् । सन् १९८७ मा स्थापित यस आयोगको अघिल्लो चौथो वैठक तीन वर्ष अघि अर्थात सन् २०१६ मा नयाँ दिल्लीमा सम्पन्न भएको थियो । भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएपछिको यो नै पहिलो उच्चस्तरीय बैठक हो ।
दुवै देशका परराष्ट्र मन्त्रीको अध्यक्षतामा प्रत्येक दुई वर्षमा हुनुपर्ने आयोगको वैठक स्थापना भएको करिव चार दसकमा केवल चारपटक मात्र बसेको छ । यसैबाट पनि आयोगप्रति भारतीय दृष्टिकोण झल्किन्छ । तर मोदीको दोस्रो कार्यकाल सुरु भए लगत्तै आयोगलाई सकृय बनाउन खोजिएको छ । यसबाट भारतीय पक्ष अहिले नेपालसँग विशेष सम्वन्ध बनाउन उत्सुक रहेको आभास मिलेको अनुमान गर्न सकिन्छ ।
काठमाडौंमा हुने यसपटकको पाँचौ वैठकका लागि मुख्य पाँच÷सात वटा ऐजेण्डा तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जसमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षा र द्विपक्षीय चासोका अन्य विषय रहेका छन् ।
परराष्ट्र स्रोत भन्छ :– कश्मिर मुद्धामा अन्तराष्ट्रिय समर्थन जुटाउन र पाकिस्तानको पक्षमा नबोल्न सहमत गराउने उद्धेश्यले जयशंकारको भ्रमण हुन सक्छ । जयशंकर आज बंगलादेशको ढाकाबाट काठमाडौं आएका हुन् । ढाका भ्रमणमा पनि उनले कश्मिर मुद्धामा भारतले हाल चालेको कदमको बचाउन गरेका थिए ।
त्यसैले नेपालसँग पनि उनले त्यस्तै अपेक्षाका साथ छलफल गर्न सक्ने जानकार बताउँछन् । तर औपचारिक रुपमा भने आयोगकै वैठकको आयोजना गरिने छ । दुई दिने वैठकमा नेपालले सीमा, व्यापार असन्तुलन, डुबान र नोटबन्दीका बेला नेपालमा अलपत्र भएका भारतीय पाँच सय र एक हजारका नोटका विषयमा कुरा उठाउने तयारी गरेको छ ।
यस्तै नेपाल भारत प्रवुद्ध व्यक्तिहरुको समूह इपीजीले तयार गरेको प्रतिबेदनबारे पनि छलफल हुने छ । गएको वर्ष तयार उक्त प्रतिवेदन भारतीय पक्षले बुझ्न अस्वीकार गरिरहेको छ । नेपालले दक्षिण एसियाली मुलुकहरुको क्षेत्रीय संगठन सार्कको भविष्यबारे पनि कुरा उठाउने तयारी गरेको छ ।
तर भारतले यो मुद्धामा चासो नदिने संभावना रहेको छ । जानकारका अनुुसार भारत अहिले झिनामसिना मुद्धामा कुनै छलफल गर्न तयार देखिंदैन । खासगरी कश्मिर मुद्धामा भारतीय सरकारले संविधानको धारा ३७० निलम्बन गरेर स्वायत्तता हटाएपछि पाकिस्तानले अन्तराष्ट्रियकरण गर्ने संभावनालाई निरुत्साहन गर्न बढी ध्यान दिएको छ ।
यसका अलावा उसले भारतीय लगानीमा सञ्चालित परियोजनाबारे चासो राख्ने अजेण्डा तय गरेको बुझिएको छ । भारतको चासो यिनै विषयमा केन्द्रित हुने भएकाले सुस्ता र कालापानीका विषयमा कुनै छलफल हुने संभावना देखिएको छैन । बरु सीमापार आतंकविरुद्ध अभियान चलाउने विषयमा भने भारतीय चासो देखिन सक्छ ।
को हुन् जयशंकर ?
भारतमा दोस्रो कार्यकालका लागि नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि विदेश मन्त्री बनेका जयशंकर पूर्व विदेश सचिव हुन् । २०७२ सालमा नेपालको संविधान जारी भएलगत्तै नेपालमा नाकाबन्दी लगाउने सूत्रधारका रुपमा यिनी परिचित छन् । संविधान जारी गर्नु ठीक दुई दिन अघि अर्थात, ०७२ असोज १ गते उनी भारतीय सरकारका विषेश दूतका रुपमा नेपाल आएका थिए ।
तत्काल संविधान जारी नगर्न उनले नेपालका विभिन्न राजनीतिक दलका नेतालाई दवाव दिएका थिए । तर नेपाली नेताहरुले उनको अनुरोध अस्वीकार गरेपछि जयशंकरको सल्लाहमा नकाबन्दी लगाइएको आरोप उनीमाथि रहेको छ । कडा स्वभावका मानिने जयशंकर मूलतः व्यूरोक्र्याट्स हुन् । दक्षिण भारतका मूलवासी जयशंकरले त्यसबेला मोदी सरकारलाई विशेष सहयोग गरेकाले अहिले मन्त्री बनाइएको हो । जयशंकरले आजै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि वैठक सकेर उनी नयाँ दिल्ली फर्कने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार