अध्यापन अनुमतिपत्रको उत्तरपुस्तिका परीक्षण कम्प्युटरबाट
नेपालबहस संवाददाता
भदौ ५, २०७६ बिहिबार १३:१५:४२
५ भदौ, काठमाडौं । स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत रहने व्यवस्था छ ।
विगतमा परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने गरेकोमा अब अप्टिकल मार्क रिडर ‘ओएमआर’ मेसिनले परीक्षण गर्नेछ । अध्यापन अनुमतिपत्र ‘लाइसेन्स’को परीक्षामा विषयगत प्रश्नहरू वस्तुगत रहनेछ ।
आयोगका सूचना अधिकारी दामोदर आचार्यले ओएमआर मेसिनबाट उत्तरपुस्तिका परीक्षण गराउँदा खर्च कम लाग्नुका साथै कम समयमै नतिजा निकाल्न सकिने बताए । उत्तरपुस्तिकामा दिइएका मध्ये सही उत्तरमा कालो रङको मसीले गोलो पोत्नुपर्ने हुन्छ । त्यसका आधारमा मेसिनले स्क्यान गरी कम्प्युटर सफ्टवेयरबाट प्राप्ताङ्कका बारेमा जानकारी दिन्छ ।
स्थायी अध्यापन अनुमतिपत्रको प्राथमिक तहको परीक्षा आगामी असोज ९, माध्यमिक तहको असोज १० र निम्न माध्यमिक तहको असोज ११ गते हुँदैछ । यस पटकबाट परीक्षार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्थाको थालनीसमेत गरिएको थियो ।
स्थायी अध्यापन अनुमतिपत्रको उत्तीर्णाङ्क ५० प्रतिशत छ । लाइसेन्स परीक्षाका लागि दुई लाख ८२ हजार जनाले आवेदन दिएका छन् । तीमध्ये कतिपयले दुईवटा तहमा पनि आवेदन दिएको हुनसक्ने अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
नवलपुरको नमूना सदरमुकाम निर्माण हुँदै, रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार