सांसद यादवको पहलमा भारतीयले खोले मुख्य नाका
नेपालबहस संवाददाता
भदौ ५, २०७६ बिहिबार २१:१४:५
५ भदौ । वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयको बिरोधमा सिमावर्ती रक्सौलका स्थानियहरुले गरेका नाका ६ घन्टा पछी खुलेको छ ।
पर्सा क्षेत्र नम्बर १ का सासंद प्रदिप यादवको बिशेष पहलमा भारतीयहरुले आन्दोलन फिर्ता लिए पछि वीरगन्ज रक्सौल भसांर बुधबार दिउसोबाट संचालनमा आएको छ । नेपाल भारत बिचको सम्बन्ध बेटी रोटीको रुपमा रहेको बताउदै सांसद प्रदिप यादवले भारतीय नागरिकसंग भबिष्यामा कुनैपनि प्रकारको अभद्र व्यवहार नहुने आश्वासन दिएपछि भारतीयहरुले आन्दोलन फिर्ता लिएका छन् ।
वीरगन्ज आउने भारतीय नागरिकहरुसंग वीरगन्ज भन्सारका कर्मचारी तथा सुक्षकर्मिहरुले अभद्रव्यहवहार गर्नुका साथै भन्सार तथा इन्ट्रीको कागज हुदा हुदै सिज गर्ने गरेको भन्दै विरगन्ज भन्सारको बिरोधमा भारतीय भन्सारमा पनि नेपाली गाडिहरुलाई इन्टिगर्न मागं गर्दै स्थानियहरुले बुधबार विहान देखि रक्सौल कस्टम अगाडि नेपालको बिरोधमा चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
भारतीय जनतापार्टिका स्थानिय नेता महेश अग्रवालको नेतृत्वमा गरिएको आन्दोलन स्थलमै पुगेर सांसद यादवले भारतीय कस्टमका प्रमुख ,तथा सुरक्षा अधिकारीहरुसगं बिशेष सम्वाद गर्नुको साथै नेपाल भारत बिचको सम्बन्धलाई खराब गर्न केहि तत्व लागेकोले त्यसता तत्वहरुबाट सावधान रहन आग्रह गरेका थिए ।
सांसद यादवले वीरगन्ज भन्सार कार्यालयमा इन्ट्रिलाई अझ व्यवस्थीत गर्ने र पक्राउ परेका भारतीय मोटरसाइकललाई कागज हेरी कानुन अनुसार छाडने आश्वासन दिएपछि भारतीयहरु आन्दोलन फिर्ता लिएपछि नाका खुलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार