पुर्व पश्चिम महेन्द्र राजमार्गमा बनेका खाल्डा मर्मत नहुँदा यात्रा जोखिम पूर्ण बन्दै
नेपालबहस संवाददाता
भदौ ५, २०७६ शुक्रबार १:५:१६
मिना कंडेल
कावासोती । पूर्व पश्चिम राजमार्गमा वनेका ठुला ठुला खाल्डाखुल्डी मर्मत हुन नसक्दा यात्रा गर्नेहरुको जीवन जोखिमपूर्ण बन्दै गएको छ । लामो समय भएको भएपनि यस प्रति सम्बन्धित पक्षको ध्यान पुग्न नसक्दा सवारी चालक तथा यात्रुहरुलाई समस्या पर्न गएको हो ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डमा हजारौं ठुला ठुला खाल्डा परेपछि दुर्घटनाको जोखिम दोब्बरले बढेको कावासोतीका सागर क्षेत्रीले बताए । राजमार्गको मुख्य बजार क्षेत्रमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेको दुई महिना बितिसक्दा पनि मर्मत नभएपछि दुर्घटनाको जोखिम बढेको हो ।
दुई महिनादेखि परेको खाल्डाखुल्डीका कारण दुर्घटना सय प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा रहेका खाल्डा खुल्डी त्यसमा पनि पानी जम्ने भएका कारण सवारी साधनहरु बढि दुर्घटनामा पर्ने गरेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । तत्काल खाल्डा खुल्डी पुर्न आफुले सडक डिभिजन कार्यालय र नगरपालिकालाई अनुरोध गरेको प्रहरी प्रमुख पोखरेलले बताउछन् ।
देवचुली , कावासोती, दुम्किबास, अरुणखोला, दाउन्ने, बर्दघाट, सुनवल बजारमा नै हजारौं ठुल्ठूला खाल्टा बनेका छन् । राजमार्गमा खाल्डाले गाडी हिँडाउनै नमिल्ने अवस्था छ भने मुख्य राजमार्गमा बाटो काट्न समेत पैदल यात्रुलाई समस्या हुने गरेको स्थानीय गौरीशंकर न्यौपाने बताउछन् ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले डिभिजन सडक कार्यालय बर्दघाटलाई पटक पटक टेलिफोन गरी समस्याको समाधान खोज्नका लागि बोलाउँदा पनि अटेर गर्दै आएको बताए । प्रमुख जिल्ला अधिकारी कार्कीले तत्काल सडक पुर्ने सडक कार्यालयले आश्वासन दिएको बताए । कुनै पनि राजमार्गमा खाल्डा बनेको २४ घण्टाभित्रै पुरिसक्न पर्ने सडकको नियममा ब्यबस्था भए पनि यस्ता नियमको सडक डिभिजन कार्यालयले उल्टै पँगु बनाईदिएको यातायात ब्यबसायी मोहन पाठकले बताए ।
सडकका ईन्जीनियर शिव खनालले बुटवल नारायणगढ सडक खण्ड अब निर्माणको तयारीमा रहेकाले मर्मततर्फ सडक डिभिजनले खासै ध्यान नदिए पनि सडकको मर्मत भने थालिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार