हुन्डाई भेन्यू अब नेपालमा
नेपालबहस संवाददाता
भदौ ५, २०७६ शुक्रबार २:३१:४३
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू एक भव्य समारोहका बीच सार्वजनिक गरेको छ ।
हुन्डाई भेन्यू ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् — १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल VTVT टेक्नोलोजी जसको 83ps/6000rpm को सर्वाधिक पावर रहनेछ, त्यस्तै १.४ लिटर डिजल इन्जिन U2 CRDi जसको सर्वाधिक पावर 90ps/4000rpm रहनेछ तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल VTVT टेक्नोलोजी जसको सर्वाधिक पावर 120ps/6000rpm को रहनेछ । हुन्डाई भेन्यूले ७ स्पीड DCT को उपलब्धता पनि प्रदान गर्ने छ ।
बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने कम्पनीको दावी छ । हुन्डाइ भेन्यू स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्राेमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल ले सु—सज्जित छ । यसको R16 डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ , जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्टसहितको लेड लाइट विशेष छन् ।
उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यूमा नवीनतम विशेषताहरु रहेका छन् जस्तै रियोस्टयाटसहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल । हुन्डाई भेन्यू एउटा सुरक्षित यात्राको सहयात्री हो । भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको
छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको दावी कम्पनीले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार