नेपाललाई कम्बोडिया बनाउन सरकार लागि पर्यो : सांसद गगन थापा
इन्द्र रिजाल
भदौ ६, २०७६ शनिबार ०:३८:५२
मिना कंडेल
६ भदौ, नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगन थापाले वर्तमान सरकार नेपाली जनताको पक्षमा नरहेको आरोप लगाएका छन् ।
पुर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएमको बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई शुक्रवार कावासोतीमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री थापाले सो कुरा बताएका हुन् । उनले दुईतिहाईको सरकारले दुई बर्षमा कुनै उपलब्धिमुलक काम गर्न नसकेको बताउदै सरकार नेपाललाई कम्बोडिया बनाउन उद्दत भएको आरोप लगाए ।
नेपाल बिद्यार्थी संघ बिनयी त्रिबेणी गाउँ कार्यसमितिले आयोजना गरेको अर्को कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री थापाले अब कांग्रेसलाई इतिहासकै सबैभन्दा बलियो पार्टी बनाएर लैजाने बताए । उनले नेपाली कांग्रेस अहिले बिपक्षीमा रहे पनि अबको चुनावपछि पहिलो पार्टी बन्ने स्पष्ट पार्दे पार्टीमा गुट उपगुटको अन्त्य गर्दै एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउने थापाले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगन थापाले वर्तमान सरकार नेपाली जनताको पक्षमा नरहेको दावी गरे ।
नेपालमा यतिबेला केपी ओली प्रधानमन्त्री भएको सरकार सबैभन्दा बलियो भएपनि यो सरकारले नेपाली जनताको पक्षमा कुनै काम गर्न नसकेको र यसले आशा लाग्दो कुनैपनि काम गर्न नसकेको उनको भनाई थियो ।
पुर्वमन्त्री एबं संघीय सासंद थापाले कांग्रेस हिजो आफनै कारणले निर्वाचनमा पराजय भोगेको बताउँदै अब ती सबै बिर्सेर एक बनाएर कांग्रेसलाई अघि बढाउने दायित्व युवाको काँधमा आएको बताउँदै अब विभाजन होईन संगठित भएर लाग्नु पर्ने बताए । कम्युनिष्टहरुले मुलुकलाई कम्बोडिया बनाउन उद्दत रहेको चर्चा गर्दै दुई तिहाईको सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले सबैले यो सरकारबाट जति अपेक्षा गरेका थिए तर त्यो कुनै पनि काम गर्न सरकार सक्षम भएन । कांग्रेसका प्रखर नेता थापाले अबको १३ वर्षसम्ममा नेपाली कांग्रेसलाई अब्बल बनाएर लैजाने बताए ।
कार्यक्रममा बोल्दै नेता थापाले आफुलाई पार्र्टीले जुन जिम्मेवारी प्रदान गर्छ सोही जिम्मेवारी अनुसार काम गरि अघि बढ्ने बताए । कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले राजनीतिमा युवाको भुमिका महत्वपुर्ण रहेको बताउदै अग्रजबाट सल्लाह र आफ्नो जिम्मेवारीमा अडिक रहेर अघि बढ्न आवश्यक रहेको बताए ।
नेता थापाले विद्यार्थीहरुलाई त्रासमा बाच्न नहुने भन्दै हरेक उचित काम गर्दा साहसका साथ अघि बढ्नु पर्ने बताउदै देश निर्माणका लागि आफुमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । सबैभन्दा पहिले आफुमा परिवर्तन ल्याउन सके देशको विकास स्वत हुनसक्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार