खाद्य प्रयोगशालाको परीक्षणलाई भारतले मान्यता दिएपछि चेम्बर उत्साहित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शनिबार २:१०:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/Chamber-nepal_Tzm3c1rquX.jpg)
६ भदौ, काठमाडौं । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमामा मान्यता पाउने सहमति गरेका हुन् ।
भारतीय सरकारको “फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया”को हालैको निर्णय अनुसार नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरी” काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परिक्षण गरि मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्यपदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको चेम्बरले सकारात्मक रुपमा लिएको छ । यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पु¥याउने आशा एंव विश्वास चेम्बरले लिएको छ ।
सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परिक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्ड होलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजा फलफूल र तरकारी छन् ।
जारी गरिएको परिपत्रमा नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज” काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने कुरातर्फ समेत उल्लेख गरेको छ ।
नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँचको लागि चेम्बरले धेरै पहिलेदेखी उठाउँदै आएको नेपाली लेब्रोटोरिले गरेको परिक्षणलाई मान्यता दिने कार्य अत्यन्त समय सान्र्दभिक, उचित एंव स्वागतयोग्य कदमको रुपमा लिदै यसबाट निकासी प्रोत्साहन हुने अपेक्षा जाग्रत भएको छ । साथै प्रत्येक भन्सार बिन्दुमा आधुनिक तरिकबाट सुसज्जित क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानपनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने आशा एंव विश्वास समेत लिएको नेपाल चेम्बर अफ कमर्सका निर्देशक किरण अधिकारीले जानकारी दिए ।
तीज व्यापार मेला शुरु
यसैबीच, नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा ‘दोस्रो तीज व्यापार मेला–२०७६’ आजदेखि शुरु भएको छ । राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा भोलीसम्म आयोजना हुने सो मेलाको प्रदेश ३ सांसद एंव पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि महिला चेम्बरले सहयोग गर्नुपर्ने बताइन् । उनले महिलाहरुले पनि आफू उद्यममा लाग्न आफै क्रियाशिल हुनुपर्ने कुरामा जोड दिइन् । उद्घाटन कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरले गरेको कार्यले महिला तथा उद्योमीको लागि थप भूमिका खेलेकोमा प्रशंसा गरे । उनले यस्तो मेलाले महिलामा थप ऊर्जा मिल्ने अपेक्षा पनि गरे । कार्यक्रममा महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्मीला श्रेष्ठले महिला शसक्तिकरणका लागि यो दोस्रो मेलाको आयोजना गरिएको जानकारी दिइन् ।
मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म(कम्पनी, संघ–संस्थाहरूले स्टलमा सहभागिता जनाएका छन् । यो मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्राङ्गारीक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण रहेको चेम्बरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार