वर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, दुई लाख प्रभावित
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शनिबार ५:१९:५५
६ भदौ, एजेन्सी । अत्यधिक बर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
देशभरी गरेर एक लाख ९४ हजार जना प्रभावित भएको पनि मानवीय सहायतासम्वन्धी राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले जनाएका हुन् । राष्ट्रसंघका सुडानस्थित प्रतिनिधिलाई उद्धृत गर्दै शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार अधिकाँशको मृत्यु घरहरु भत्किएर तथा विद्युतीय कारणले भएको छ ।
जेनेभास्थित राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी कार्यालयका प्रवक्ता जेन्स लैरकेले झण्डै ३७ हजार जना घरबार विहिन भएको जानकारी दिए । उनले भने, “अक्टोबर अन्त्यसम्म बर्षा भइरहने र बर्षाका कारण जुलाईदेखि अहिलेसम्म ३७ हजार भन्दा बढी घरहरू भत्किएका छन् ।”
सबैभन्दा धेरै देशको दक्षिणी क्षेत्रमा रहेको ह्वाईट नाईल राज्य प्रभावित भएको छ । त्यस क्षेत्रमा मात्रै ६६ हजार जना प्रभावित भएको र १३ हजार घरहरु क्षतिग्रस्त भएको विवरण छ । देशका कूल १८ राज्यमध्ये १५ राज्य बाढीले प्रभावित भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्य पदार्थ, बस्नका लागि शिविर, स्वास्थ्य सेवा, सफा खानेपानी, सफाईजन्य सामग्रीलगायतको आवश्यकता परेको छ । सरसफाइ, बसाइ र खानामा ध्यान दिएन भने रोगको प्रकोप पनि फैलिनसक्ने खतरा रहेको अधिकारीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
कात्तिक २३, २०८१ शुक्रबार
इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो
कात्तिक २३, २०८१ शुक्रबार
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो
कात्तिक २३, २०८१ शुक्रबार
सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार