आज भीमसेन जात्रा
नेपालबहस संवाददाता
भदौ ७, २०७६ शनिबार ११:५५:६
७ भदौ, काठमाडौं । मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेष गरी व्यापार व्यवसायमा लागेका मानिसले आराध्यदेवका रूपमा पूज्ने गरेका छन् ।
भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् ।
भीमसेन मन्दिरमा शनिबार बिहानैदेखि पूजा आरधनाका लागि स्थानीयको ठूलो भिड लाग्ने मङ्गल टोल सुधार सङ्घले जनाएको छ । प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन बेलुका राति भीमसेन जात्रा मनाइने चलन छ ।
सो जात्रामा उपत्यकाको काठमाडाँै, ललितपुर र भक्तपुर तीनै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरवार क्षेत्र परिसरमा आउने गरेका सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिए ।
“जात्राका अवसरमा बेलुका भीमसेनको सानो मूर्तिलाई खटमा राखेर सुन्धारा, ओकुबहाल, हौगल, टङ्गाल, पिम्बहाल, पूर्णचण्डी कुम्भेश्वर हुँदै मङ्गलबजार परिक्रमा गराइन्छ”, धारीले भने , “रथयात्रा गराइने सो मूर्तिलाई दिउँसै मन्दिरबाट निकालिने गरिन्छ ।” जात्राका लागि भीमसेनको मूर्ति लिन जाँदा आँखा चिम्लेर अँध्यारो कोठाबाट झिकिने र सो मूर्ति हातमा पर्नासाथ रातो कपडाले छोपिने चलन रहेको बताइएको छ ।
भीमसेनलाई प्रत्येक टोलवासीले विशेष महत्व राखेर बासनादार धुपबालेर स्वागत गर्ने गर्छन् । यो जात्रालाई रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोस्रो ठूलो जात्राको रूपमा पाटनवासीले मान्ने गरेका छन् ।
सो अवसरमा पाटनका हजाराँै भक्तजनहरूले विभिन्न टोलबाट विभिन्न परिकार चढाएर नगर परिक्रमा गर्दछन् । भीमसेनको उपासनाले घरघरमा श्रीवृद्धि हुने मान्यता रहँदै आएको छ ।
भीमसेनको प्रिय परिकार लड्डु र पेडा चढाइ पूजाआजा गर्दा व्यवसाय राम्रो हुँदै जाने सुन्धाराकी सरिता महर्जनको विश्वास छ ।
देशभरका विभिन्न स्थानमा मनाइने भीमसेनको जात्रामध्ये ललितपुरमा हुने सो जात्रा सर्वाधिक लोकप्रियका रूपमा मानिन्छ । चार वर्ष अघि भत्किएको सो भीमसेन मन्दिरको पुनःनिर्माण जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार