भाजपा नेता तथा पूर्व अर्थमन्त्री जेट्लीको निधन
नेपालबहस संवाददाता
भदौ ७, २०७६ शनिबार २२:१६:५६
७ भदौ, काठमाडौं । पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेपी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उनको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ठ नेताहरु अस्पताल पुगेका थिए । जेट्ली गत अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना भएका थिए । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी भएका थिए ।
उनले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्री भएर जिम्मेवारी निभाएका थिए । तर, सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गरेका थिए । उनको गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजलाई गुमाएको भाजपाले आज अर्का नेता जट्लीको निधनलाई सहनु परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार