टीकापुरमा थारुहरुको राष्ट्रिय सम्मेलन सुरु
नेपालबहस संवाददाता
भदौ ७, २०७६ शनिबार २२:२६:१८
७ भदौ, टीकापुर । कैलालीको टिकापुरमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको राष्ट्रिय सम्मेलन शनिबारदेखि सुरु भएको छ । टीकापुर स्थित सिटी हलमा सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरी अनुसार सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी स्वयं टीकापुरमै रहेका छन् । २०७२ साल भदौ ७ गते अर्थात आजकै दिन नेपाल प्रहरीका एसएसपी र एकजना नाबालक सहित ८ जनाको ज्यान जाने गरी टिकापुरमा भएको घटनाको ४ वर्षपछि थरुहट थरुवान संघर्ष समितिले राष्ट्रिय सम्मेलन गर्न थालेको छ ।
सम्मेलनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, किशोर नेपाल, विश्लेषक खगेन्द्र संग्रौला लगायतका वक्ताहरुको सहभागिता रहेको छ । २५ जिल्लाबाट करिव ८ हजार सहभागि उपस्थित गराउने लक्ष्य सहित सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनका लागि टीकापुर क्षेत्रमा कुनै पनि उच्छृङ्खल क्रियाकलाप हुन नदिने आवश्यकता अनुसार सुरक्षाको सम्पूर्ण तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए ।
थारुहट थरुवान संघर्ष समितिका पदाधिकारीले टीकापुरमा सम्मेलन गर्नुको उद्देश्य सामाजिक सद्भाव विगार्नु नभई सद्भावलाई कायम राख्ने भएको बताउँदै आएका छन् । टीकापुरमै राष्ट्रिय सम्मेलन गर्नु पर्छ भनेर बलियो लबिङ गरेको थारु नेता लक्ष्मण थारुले बिग्रेको सद्भावलाई पुरानै अवस्थामा र्पुयााउन सम्मेलनको तयारी गरेको बताए ।
सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते अर्थात आज उद्घाटन कार्यक्रम भइरहेको छ । भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार