बसीरको मुद्दामाथि अर्को सुनुवाइ आगामी शनिबार हुने : सुडान
नेपालबहस संवाददाता
भदौ ८, २०७६ आइतबार १३:८:५५
८ भदौ, एजेन्सी । सुडानको एक अदालतले पूर्वराष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाइ आगामी शनिबार गर्नेगरी तय गरेको छ ।
“पूर्वराष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाइ अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकिलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए ।
अल ताहिरले भने, “बसिरको पक्षका वकिलहरूको समूहले अल–बसीरलाई धरौटीमा रिहा गर्न अनुरोध गरिरहेका छन् । उनीहरू न्यायाधीशले बसीरलाई धरौटीमा रिहा गर्नेमा विश्वस्त रहेका छन् ।” सुडानमा बढ्दो महङ्गी, भ्रष्टाचार, र आर्थिक अनियमितता नियन्त्रण गर्न नसकेको भन्दै सुडानी जनताले लामो समयसम्म सशक्त आन्दोलन गरेपछि सेनाको सहयोगमा बसीरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।
बसीरलाई पदच्युत गरिएपछि गैरकानूनी रूपमा उनको घरमा राखिएको करीब ११ करोड ३० लाख अमेरिकी डलर जफत गरी मुद्दा अघि बढाइएको छ । उनीमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको र आर्थिक अनियमिततम गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अदालतमा परेको मुद्दामाथि दुई चरणमा सुनुवाइ भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार