प्रधानमन्त्री ओलीको उपचार शुरु, महिना दिनसम्म बसाई हुने
नेपालबहस संवाददाता
भदौ ८, २०७६ आइतबार १९:९:३०
८ भदौ, काठमाडौं । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ परिक्षण थालिएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार अहिले प्लाज्मा फेरिसिस प्रकृयाबाट उपचार शुरु भएको छ । डा. शाहका अनुसार यो प्रकृया सात पटकसम्म गर्नुपर्ने हुनसक्छ । प्रधानमन्त्रीको सचिवालयले पनि यस कुरालाई प्रष्ट्याएको छ । प्लाज्मा फेरिसिस प्रकृयाले मृगौलामा बढेको एन्टीवडी घटाउने काम गर्छ । ओलीको मृगौला १३ वर्ष अघि फेरिएको हो । अहिले सो मृगौलाले एन्टीवडी उत्पादन गर्न थालेको छ । त्यसलाई घटाउन सात पटकसम्म प्लाज्मा फेरिसिस प्रकृया अपनाउने पर्ने हुनसक्छ ।
दिन बिराएर मात्रै प्लाज्मा फेरिसिस गर्नुपर्ने हुँदा प्रधानमन्त्री ओलीको बसाई एक महिना पनि नाघ्ने अनुमान गरिएको छ । ओलीको उपचार सिंगापुरस्थित नेशलन युनिभर्सिटी अस्पतालमा भइरहेको छ । ओलीको उपचार सुरु भएको पुष्टि उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि ट्वीटमार्फत गरेका छन् । नेपालको इतिहास मै संभावत: यति लामो समय सत्तारुढ प्रधानमन्त्री विदेशमा बसेर उपचार गराउनेमा ओली पहिलो भएका छन् । उपचार प्रकृया लामो हुने बुझेर नै ओली सिंगापुर प्रस्थान गर्नु अघि मन्त्रिपरिषद बैठक राखी भिडियो कन्फरेन्समार्फत क्याबिनेट बैठक गर्न मिल्ने निर्णय गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार