ग्लोबल आइएमईबाट तीन दिनमा नै ऋण पाइने
नेपालबहस संवाददाता
भदौ ८, २०७६ सोमबार ०:१६:३७
८ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् ।
लक्षित ग्राहक महानुभावहरुले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने छन् ।
यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि रु ६ करोडसम्म ऋण उपलब्ध गराइने बैंकले नेपालबहस डटकमलाई जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
असोज ११, २०८१ शुक्रबार
कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र
असोज ११, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट
असोज ११, २०८१ शुक्रबार
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता
असोज ११, २०८१ शुक्रबार