अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार ५:४९:४८
९ भदौ, एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन् ।
अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापीरूपमा चासो व्यक्त गरिएको चासोलाई सम्बोधन गर्दै राष्ट्रपति बोल्सोनारोले पत्रकारसँगको कुराकानीमा भने, “हाम्रा एकाइहरूले उक्त क्षेत्रमा डढेलो नियन्त्रणमा ल्याउन काम शुरू गरिसकेका छन् । अहिले जङ्गलमा आगो विश्वव्यापीरूपमा चर्चा गरिएजस्तो विकरालरूपमा फैलिएको छैन । डढेलोको वन क्षेत्रमा नभई स्थानीयद्वारा पहिल्यै फडानी गरिएको खाली क्षेत्रमा बढी प्रभाव परेको हो ।”
ब्राजिलमा यसवर्ष औसत सङ्ख्यामा नै डढेलोका घटना भएको राष्ट्रपतिले बताए । उनले भने, “विगत केही वर्ष यता हेर्दा यस वर्ष डढेलोका घटना कम भएका सरकारी मूल्याङ्कन रहेको छ ।” “विश्व समुदायको ध्यानाकर्षण भएको जङ्गल क्षेत्रको डढेलो अहिले सामान्य बन्दै गइरहेको छ ।”
यद्यपि ब्राजिलको नेशनल इन्स्टिच्यूट फर स्पेश रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीचको तथ्याङ्क हेर्दा यो समयमा डढेलोको समस्या ८२ प्रतिशतले वृद्धि भएको र यसको आधा भाग अमेजन क्षेत्रको औसत धेरै वर्षा हुने घना जङ्गलमा लागेको पाइएको उल्लेख छ ।
अमेजनको अत्यधिक वर्षा हुने जङ्गलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ । बाँकी ५५ लाख वर्गकिलोमिटर जङ्गल दक्षिण अमेरिकामा पर्छ । अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार