हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लियो
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार १९:९:२२
९ भदौ, काठमाडौं । हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीहरुले प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण गरेपछि प्रदर्शनले हिंस्रक रुप लिएको हो ।
प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ । प्रस्तावित ‘सुपुर्दगी विधेयक’ विरुद्ध सुरु भएको विरोध प्रदर्शनले चिनियाँ समर्थक सरकारलाई निशाना बनाएपछि यसले हिंसाको रुप लिएको हो ।
प्रदर्शनकारीहरु गएको तीन महिनादेखि सरकारको विरोधमा सडकमै छन् र यो क्रममा उनीहरुको प्रदर्शनले हिंसाको रुप लिएको छ ।
सुएन वान जिल्लाको नजिकै रहेको एक स्टेडियममा आइतबार प्रदर्शनकारीहरुले र्याली निकालेका थिए । पानी परेको भए पनि ठूलो संख्यामा मानिसहरु र्यालीमा सहभागी भएका थिए । त्यही क्रममा कट्टरपन्थी प्रदर्शनकारीहरुको एक समूहले प्रहरीलाई रोक्नको लागि सडकमा अस्थायी अवरोध सिर्जन गरे ।
र्यालीपछि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भयो । प्रहरीले प्रदर्शनकारीहरुको भिडलाई तितर-बितर गर्न चेतावनी दिँदै पहिला झण्डा देखायो र त्यसपछि अश्रुग्यास प्रहार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार