एनआरएनए आएरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल निर्वाचित
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २०:११:३०
सुवेश दवाडी
आएरल्याण्ड । यतिबेला अन्तर्राष्ट्रिय जगतमा बसोबास गर्दै आएका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनएको निर्वाचन धमाधम सम्पन्न भईरहेका छन् ।
“सहमति समझदारी र एकता तथा परिवर्तनको लागि नयाँ अनुहारको” नारा दिएर यही अगस्ट १९ तारिक २०१९ (२०७६ भाद्र २ गते) आएरल्याण्डमा भएको एनआरएनएको सातौं अधिवेशनले मिलन छन्त्यालको नेतृत्वमा १३ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ ।
जसअनुसार अध्यक्षमा मिलन छन्त्याल, उपाध्यक्षमा रामप्रसाद सापकोटा र अभेद्यपाणी गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महासचिवमा ओम अधिकारी, कोषाध्यक्षमा सुमन गुरुङ्ग, सचिवमा प्रेमप्रसाद घले, सह–कोषाध्यक्षमा जयन्द्र राना तथा महिला सदस्यमा करुणा थापा र अन्य निर्वाचित सदस्यहरुमा बाबुकृष्ण खतिवडा, दिपा राई, निशान्त शर्मा, प्रकाश तामाङ र पुस्कर बोम्जन निर्वाचित भएका छन् । त्यसैगरी आइसीसी सदस्यमा विनोद कार्की र महिला संयोजकमा अन्जु काफ्ले र युवा संयोजकमा अनिश भण्डारी निर्बिरोध निर्वाचित भएका छन् ।
सातौं साधारणसभाको समापन पश्चात् निर्वाचित अध्यक्ष मिलन छन्त्यालले निवर्तमान एवं पूर्व अध्यक्षहरु सबैलाई धन्यवाद व्यक्त गर्दै पर्यटन वर्ष २०२० लाई सहयोग पु¥याउन पर्यटन प्रवद्र्धन गर्न प्रमुख भुमिका निभाउने र आयरल्याण्ड लगायत युरोपसँग खेलकुदको क्षेत्रमा कार्य गर्ने बताए । तत्कालै युरोपियन फुटबल प्रतियोगिता गर्न कार्य थालिने उनले जानकारी दिए । त्यसैगरी आयरल्याण्डमा आएर बसेका नेपाली दाजुभाईहरुको संघ–संस्था लगायत नेपाली दाजुभाईहरुसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत निर्वाचित अध्यक्ष मिलन छन्त्यालले व्यक्त गरे ।
समापन कार्यक्रममा निवर्तमान अध्यक्ष नवराज कोइराला, निवर्तमान महासचिव उज्ज्वल होम्बाले, पूर्व अध्यक्षहरु गणेश युसाङ्गे, राजन काफ्ले लगायत आयरल्याण्डमा बसोबास गर्दै आएका नेपाली दाजुभाईहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । सातौं अधिवेशनमा निर्वाचन प्रमुखकको भुमिकामा पूर्व अध्यक्ष शुक्रराज न्यौपाने रहेका थिए भने सदस्यहरुमा शुक्मन लामा, बलराम तामाङ्ग र संजय अधिकारीले निर्वाचनलाई सहज रुपमा सम्पन्न गरेका थिए ।
सो सातौं साधारण सभाका प्रमुख अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य रहेका थिए । प्रमुख अतिथि आचार्यले मन्तव्यको क्रममा निर्वाचितहरुलाई बधाई दिँदै निर्वाचनमा प्रतिस्पर्धा हुनु नराम्रो कुरा होइन भन्दै आगामी दिनमा एनआरएनए आयरल्याण्डले नेपाली दाजुभाईहरुलाई सक्दो सहयोग गर्न समेत आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार