जी ७ बैठक : विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २०:१८:३६

९ भदौ, एजेन्सी । विश्वका प्रमुख सात औद्योगिक समूह ‘जी ७’ को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्ने कार्यक्रम छ ।
औद्योगिक एवं धनी प्रजातान्त्रिक सात राष्ट्रमा अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा र इटाली रहेका छन् । यस समूहमा रुस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिका समेतका कैंयौं उदीयमान अर्थतन्त्र भएका मुलुकहरु समावेश छैनन् । यद्यपी भारत समेतका केही प्रमुख औद्योगिक एवं प्रजातान्त्रिक मुलुकका नेताहरुलाई अनौपचारिक छलफलका लागि आमन्त्रण गरिएको छ ।
जी ७ का नेताहरुले शिखर बैठकको औपचारिक समापन हुनुअघि जलवायु परिवर्तन, विश्वलाई नै रुपान्तरित गरिरहेको डिजिटलाइजेसन र अरु जल्दाबल्दा विषयमा छलफल गर्दैछन् । फ्रान्सेली एटलान्टिक रिसोर्ट बियारिजमा जारी यस बैठकमा विश्व अर्थतन्त्रका जल्दाबल्दा विषयले अरु मुद्दाहरुलाई ओझेलमा पारेको छ ।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बियारिजमा इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफलाई आमन्त्रण गरेर ठूलै साहस देखाएको छ । उनले इरानी आणविक कार्यक्रमका कारण उत्पन्न तनाब मत्थर बनाउने कुनै कुटनीतिक उपाय खोज्न इरानी विदेशमन्त्रीलाई बियारिजमा आमन्त्रण गरेका हुन् ।
तर अमेरिकी राष्ट्रपतिले आफूलाई इरानी विदेशमन्त्रीको भ्रमणबारे पूर्व जानकारी भएको तर आफूले इरानी प्रतिनिधिसँग भेटघाट नगर्ने स्पष्ट गरेको छ । राष्ट्रपति ट्रम्पले इरानी आणविक कार्यक्रमप्रति मात्र आफ्नो मुख्य चासो रहेको स्पष्ट गर्दै इरानमा सत्ता परिवर्तन गर्ने आफ्नो कुनै योजना नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
फागुन १४, २०८१ बुधबार