प्रधानमन्त्री ओलीले शिलन्यास गरेको नारायणगढ बुटवल सडक खण्डको बिस्तार अझै भएन
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २०:४८:३७
मिना कंडेल
९ भदौ, नवलपुर । नारायणगढ–बुटवल सडक खण्डको बिस्तार तथा स्तरोन्नती गर्ने गरि टेण्डर प्रकृया शुरु भै प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलन्यास भएको आठ महिना बित्न लाग्दा पनि सो सडक अझै शुरु हुन नसक्दा थप अन्यौलता बढदै गएको छ ।
नारायणगढ बुटवल सडक खण्डको ११४ किलोमिटर सडक हालको दुई लेनलाई बढाएर चार लेनको बनाउने, बजार क्षेत्रमा आठ लेन र जंगल क्षेत्रमा चार लेन सम्मको सडक बिस्तार तथा स्तरोन्नती गर्ने गरि दुई भागमा बिभाजन गरि सरकारले टेण्डर आह्वान गरेको थियो र सो टेण्डर पहिलो पटक प्रकृया नपुगेको भन्दै एशियाली बिकास बैंक एडीबीले खारेज गरेको थियो ।
पहिलो टेण्डर प्रकृया खारेज भैसके पछि पुनः दोश्रो पटक टेण्डर प्रकृया शुरु गरि टेण्डर आह्वान भैसकेको छ । पछि दुबै भागको टेण्डरमा चिनियाँ कम्पनी चाईना स्टेट कन्सटक्शन ईन्जीनियरीगं पर्यो । तर, छनौट भएको झण्डै एक बर्ष भएको र आठ महिना अघि बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको बुटवल नारायणगढ सडक खण्डको बिस्तार तथा स्त्तरोन्नतीको काम अझै शुरु हुन नसक्नु दुखद रहेको स्थानीय कावासोतीका बीरेन्द्र पराजुलीले बताए ।
दुई वटा प्याकेजमा बिस्तार तथा मर्मत हुने सो सडकको गैडाकोटदेखि दाउन्ने सम्मको ६५ किलोमिटर सडक खण्डको लागि नौ अर्ब १३ करोड र दाउन्ने बुटवल खण्डको ५० किलोमिटर सात अर्ब ८६ करोडमा सम्झौता भै प्रकृया अघि बढिसकेको आयोजनाका ईन्जीनियर शिब खनालले बताए ।
चार बर्ष भित्र निर्माणको काम सकने लक्ष्यका साथ प्रकृया शुरु भएको बुटवल नारायणगढ सडक खण्डको झण्डै एक बर्षमा अहिलेसम्म कुनै पनि काम अघि बढन सकेको छैन । कसरी चार बर्षमा यो सडकले निर्माण प्रकृया पुरा गर्छ ? उद्योग बाणिज्य संघ देबचुलीका अध्यक्ष रेशमलाल सापकोटाले भने । ठेकेदार चिनियाँ कम्पनीले पाउनु सकरातमक रहे पनि एक बर्ष हुन लाग्दा पनि काम शुरु हुनै नसक्नुले थप चिन्ता बढाएको छ । अहिले गैंडाकोट, रजहर र दुम्कीबास गरि तीन ठाउँमा आयोजनाको उपकरण राख्ने स्थानको निर्माण कार्य भैरहेको छ ।
बुटवल नारायणगढ सडक खण्डमा ६१ वटा पुल, निर्माण हुने छन् भने त्यसमा ४१ वटा ठुला र २० वटा साना पुल निर्माण हुने छन् । सडकको दुबै तिर सात–सात मिटरको क्यारिज हुने छ भने एउटा लेन ३.५ र ३.५ बराबर को हुने छ । सडकको ४२ किलोमिटर खण्डमा तीन लेनको बाटो निर्माण हुने छ जस्मा जंगल क्षेत्र पर्ने आयोजनाको भनाई छ ।
शिलन्यास भएको आठ महिना बित्न लाग्दा पनि बुवटल नारायणगढ सडक खण्डको बिस्तार तथा स्तरोन्नती काम अझै शुरु हुन नसक्नुमा राजमार्गमा रहेका झण्डै दश हजार रुखहरु कटान गर्नुपर्ने ,त्यसका लागि बन मन्त्रालयको स्वीकृति नआएको कारणले ढिलाई भैरहेको आयोजनाका ईन्जीनियर खनालले बताए ।
बाताबरण प्रभाब मुल्याकंन (ई.आई.ए )गर्दा नौ हजार मात्र रुख कटान गर्न प्रतिबेदन आए पनि बन कार्यालयले नाप जाँच गर्दा दाउन्ने बाहेक नै ३२ हजार रुख कटान गर्नु पर्ने प्रतिबेदन तयार पारिएको जिल्ला बन डिभिजनल कार्यालय पुर्बी नवलपरासकिा प्रमुख बन अधिकृत पुर्णेश्वर सुबेदीले बताए ।
हचुवाका भरमा ई.आई.ए गरेर प्रतिबेदन आएकोले बन कार्यालयको प्रतिबेदनका आधारमा एकिन संख्या निर्धारण भएको र अब चाँडै नै बैठक बसेर रुख कटान गर्ने निर्णय गरि मनत्रालयमा पठाउने प्रमुख सुबेदीले बताए ।
गैंडाकोट ,कावासोती, चोरमारा, अरुणखोला, दुमकीबास र दाउन्ने क्षेत्रको बाटोमा पर्ने जंगलको झण्डै ३२ हजार बढि रुख कटान गर्नु पर्ने गरि त्यसको स्वीकृतीका लागि बन तथा बाताबरण मन्त्रालयमा निर्णय गरि फाईल पठाईने पुर्बी नवलपरासी बन डिभिजनल कार्यालयका प्रमुख सुबेदीले बताए ।
निर्माण प्रकृया अब कात्तिक महिनाबाट शुरु गर्ने गरि राजमार्ग छेउछाउका रुख कटान, बिजुलीको पोल सार्ने, सबै काम सकिना साथ बाटोको निर्माण दु्रत गतिमा अघि बढने आयोजनका ईन्जीनियर शिब खनालले बताए । निर्माणको काम गर्ने चिनियाँ कमपनीले काम छिटो गर्ने भएकाले पनि उनीहरुको भीसा प्रकृयामा पनि समय लाग्ने भएकाले केही ढिलाई भएकोमा अब ती सबै प्रकृया सकिना साथ आयोजना निर्माणले गति लिने ईन्जीनियर खनालले बताए ।
यहाँको सबै भन्दा ठुलो आयोजनका रुपमा रहेको राष्टिय गौरबको यो आयोजना सम्पन्न भए पछि नारायणगढबाट बुटवल पुग्न डेढ घण्टा लाग्ने जनाईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार