युजर नेम र पासवर्ड लिनुस्, जग्गाको विवरण घरमै बसेर थाहा पाउनुस् !
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २१:२८:३४
प्रकाश डोटेल
९ भदौ, स्याङ्जा । मालपोत कार्यालय स्याङजालाई ‘नमुना’ अर्थात सुधारिएको मालपोत बनाउन भौतिक संरचनाहरुको निर्माण कार्य शुरु गरिएको छ । सेवाग्राहीहलाई छिटो छरितो तबरबाट सेवा प्रबाह गर्ने उद्देश्यले मालपोत कार्यालयको संरचना परिवर्तन गर्न लागिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजानामा मालपोत कार्यालय स्याङजालाई सुधारिएको मालपोत कार्यालय बनाउन लागिएको मालपोत कार्यालय स्याङजाका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । सुधारिएको मालपोत कार्यालयमा एउटा सहायता कक्ष जहाँबाट सेवाग्राहीले आफ्नो काम सम्बन्धित विषयमा जानकारी पाउने छन् । जसमा कार्यकक्ष सबैले देख्ने पारदर्शी हुनेछ, प्रतिक्षालयमा टेलिभिजन र अडियो भिजुअल डिस्प्ले, फ्रि वाईफाई जडान गरिएको छ ।
सुधारीएको कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणालीबाट गरिनुका साथै पूर्ण रुपमा नगद कारोबार बन्द गरिने कार्यालय प्रमुख पौडेलले बताए । पौडेलका अनुसार कार्यालयमा स्तनपान कक्ष, महिला पुरुषको शौचालय, खानेपानीको व्यवस्था र भवन अपाङ्ग मैत्री हुनेछ ।
मालपोत कार्यालय वरिपरि भू–सेवा केन्द्र रहने कार्यालयले जानकारी दिएको छ । भू–सेवा केन्द्र स्थापना पश्चात काम गर्न सहज हुने कार्यालयको ठम्याई रहेको छ । भू–सेवा केन्द्र स्थापना भए पछि कार्यालयमा भिड हट्नेछ । सेवाग्राहीहरुले भोग्दै आएको झन्झटलाई अन्त्य गर्न सुधारीएको मालपोत कार्यालय स्याङजा बनाउन शुरु गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
“सुधारीएको मालपोत कार्यालय बनाउने कामलाई तिव्रता दिईएको छ, करिब २ महिनाभित्र सुधारीएको मालपोत कार्यालय बनिसक्ने छ ।” कार्यालयका सूचना अधिकारी डोलबहादुर थापाले भने, “सुधारीएको कार्यालय बनिसकेपछि डिजिटल प्रविधि उपयोग गरी घरबाटै जग्गाको विवरण हेर्न सक्ने व्यवस्था गर्न लागिएको छ ।”
युजर नेम र पासवर्ड लिएर आफ्नो जग्गाको विवरण घरमै बसेर थाहा पाउन सकिने सूचना अधिकारी थापाले जानकारी दिए । मालपोत कार्यालय स्याङजामा दैनिक जसो करिब एक सय देखी एक सय ५० जनासम्म सेवाग्राहीले सेवा लिने गरेको थापाले बताए ।
जिल्लाका ११ स्थानीय तह मध्ये सेवाग्राहीको ठूलो संख्याले वालिङमा रहेको ईलाका मालपोत कार्यालयबाट सेवा लिनेका छन्, भने पुतलीबजार नगरपालिका, आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा र अर्जुनचौपारी गाउँपालिकाका सेवाग्राही जिल्ला मालपोत कार्यालयमा आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार