प्रचण्डको बाध्यता कि निरिहता ?
इन्द्र रिजाल
भदौ ९, २०७६ सोमबार २३:३५:२४
९ भदौ,काठमाडौं । एमालेका प्रभावशाली अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले उपचारका लागि सिंगापुरमा छन् । देश बाहिर रहेका उनले आज नेपालको इतिहासमै पहिलो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदको बैठकसमेत सम्पन्न गरेका छन् । साथै आफ्नो अनुपस्थितिमा पार्टी एकीकरण प्रक्रिया अघि बढाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी पनि दिएका थिए ।
प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही जटिल भएकाले लामोसमय सिंगापुर बस्नुपर्ने भएकाले मनले नमाने पनि यस्तो व्यवस्था गर्न उनी बाध्य भएका थिए । पाएको जिम्मेवारी अनुसार पूर्व माओवादी अध्यक्ष प्रचण्ड अहिले सक्रिय भएका छन् ।
यसै मेसोमा आज उनले सचिवालय बैठक बोलाए । बैठकले केही निर्णय समेत गरेको छ । उनको अध्यक्षतामा बसेको नेकपाको पहिलो बैठकले पार्टीका नेता तथा कार्यकर्ताले कसैले पनि सार्वजनिक रुपमा आलोचना गर्न नपाउने निर्णय गरेको छ । यस्तो निर्णय गर्न उनी बाध्य थिए ।
बाहिर हेर्दा प्रचण्डको सक्रियताले पार्टी एकतालाई बल पुग्ने देखिएपनि भित्री खेल भने प्रचण्ड आफैं सुरक्षित रहन यस्तो खेल खेलिरहेका छन् । नेता नेपाल र ओलीबीच सम्वन्ध सुधार्ने जिम्मा अहिले प्रचण्डले लिएका छन् । उनले नेता नेपाललाई गएको शुक्रबार विहानै आफ्नै निवासमा बोलाएर यस्तो आश्वासन दिएका हुन् । त्यसपछि नेता नेपाल केही मत्थर भएका छन् ।
किनभने हालै घटुवामा परेका नेता माधवकुमार नेपालको एक सूत्रीय माग थियो । नेता नेपाललाई केन्द्रिय सदस्य राजेन्द्र गौतमले सार्वजनिक रुपमै सामाजिक सञ्जालको प्रयोग गरी आलोचना गरेका थिए । यो विषयमा नेता नेपालको गम्भिर आपत्ति थियो । यसैलाई लिएर गत विहिबार उनको प्रधानमन्त्री ओलीसँग डरलाग्दो झगडा परेको थियो । पूर्व एमालेका दुई नेता ओली र नेपालबीच बाझाबाझले पूर्व माओवादी नेता प्रचण्डको भूमिका र चासो बढेको हो ।
दुई पार्टीबीच एकता प्रक्रिया सुरु भएयता पूर्व एमालेका नेताहरु भने आफ्नै मुद्धामा बढी अल्झिएका छन् । बाहिर हेर्दा प्रचण्डको सक्रियताले पार्टी एकतालाई बल पुग्ने देखिएपनि भित्री खेल भने प्रचण्ड आफैं सुरक्षित रहन यस्तो खेल खेलिरहेका छन् । नेता नेपाल र ओलीबीच सम्वन्ध सुधार्ने जिम्मा अहिले प्रचण्डले लिएका छन् । उनले नेता नेपाललाई गएको शुक्रबार विहानै आफ्नै निवासमा बोलाएर यस्तो आश्वासन दिएका हुन् । त्यसपछि नेता नेपाल केही मत्थर भएका छन् ।
नेपाल आफैं पनि अहिले ओलीसँग जोरी नखोज्ने पक्षमा देखिएका छन् । आफू निकटहरुको सल्लाह बमोजिम यतिबेला ओली विदेशमा उपचार गराइरहेका बेला यो मुद्धा चर्काउँदा बेफाइदा हुने ठहर नेपाल पक्षले गरेकोे छ । तर यही मुद्धालाई आफू अनुकुल बनाउने गरी प्रचण्ड भने खेल खेलिरहेका छन् । उनको यो चरित्र हिजो नेकपा माओवादीमा रहँदा समेत उस्तै थियो । कहिले डा. बाबुराम भट्टराई निकट त कहिले मोहन बैद्यसँग मिलेर आपसमा लडाउने र आपूm रमिता हेर्ने उनको बानी हो ।
माओवादी लडाकू व्यवस्थापनका बेला प्रचण्डले गरेको भ्रष्टाचारको फायल कुनै पनि बेला खुल्ने त्रास पनि उत्तिकै रहेको छ । किनकी यो मुद्धामा तत्कालिन एमालेको युवा संगठनले अख्तियारमा उजुरी हालीसकेको थियो । यस्ता कारणले गर्दा प्रचण्ड अहिले आफू सुरक्षित हुन जस्तोसुकै कदम चाल्न बाध्य छन् ।
अहिले पनि उनको चरित्र उही हो केवल पात्र भने फेरिएका छन् । प्रचण्डले एकपक्षीय रुपमा नेकपा एमालेसँग एकीकरण गर्ने निर्णय लिएका थिए । त्यसमा पनि उनको ठूलो स्वार्थ थियो । नेकपा एमालेका नेताहरुलाई साथ नलिए कुनैपनि बेला अन्तर्राष्ट्रिय अदालतमा तानिने अवस्था थियो । त्यसको झनक पाइसकेका उनले आफू निकटलाई सम्झाएर नै कांग्रेससँगको गठबन्धन रहँदारहँदै एमालेसँग चुनावी तालमेल गरेका थिए ।
उनी अन्तर्राष्ट्रिय युद्ध अपराधीका रुपमा हेगको अदालतमा तानिने अवस्था रहेको थियो । अष्ट्रेलियामा आयोजना हुन लागेको एउटा पार्टी कार्यक्रममा दुई वर्षअघि जाने तयारीमा रहेका प्रचण्डलाई उतै प्रक्रन एमाले नेताहरु सक्रिय भएका थिए । यसको भेउ पाएका प्रचण्ड त्यसबेला अष्ट्रेलिया नै गएनन् । त्यसपछि प्रचण्डको एकसूत्रीय सोच नेकपा एमालेसँग निकट हुनेमा केन्द्रित भयो ।
माओवादी लडाकू व्यवस्थापनका बेला प्रचण्डले गरेको भ्रष्टाचारको फायल कुनै पनि बेला खुल्ने त्रास पनि उत्तिकै रहेको छ । किनकी यो मुद्धामा तत्कालिन एमालेको युवा संगठनले अख्तियारमा उजुरी हालीसकेको थियो । यस्ता कारणले गर्दा प्रचण्ड अहिले आफू सुरक्षित हुन जस्तोसुकै कदम चाल्न बाध्य छन् । यसका निम्ति पूर्व एमालेको दुबै गुट मिलाउनुपर्ने चुनौती उनका सामु तेर्सिएको छ ।
आज नेता नेपालको असन्तुष्टीलाई सम्बोधन गरेका उनले भोलि ओली पक्षको चाहना पनि पूरा गर्नुपर्ने बाध्यता आइलाग्ने छ तर प्रचण्ड भने आफ्नै कार्यकर्ताबाट कुनैपनि बेला आक्रमणको निशाना बन्ने सम्भावना पनि कमजोर छैन । चौतर्फी चुनौतीको सामना गर्न बाध्य प्रचण्डको आगामी यात्रा अझै कष्टप्रद हुने निश्चित छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार