अब ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट [हेर्नुस पूर्णपाठ]
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार १२:३७:५२
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित १४१ वटा महत्वकाक्षी योजनाको घोषणा गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् ।
त्यसैगरि अपांगता भएका नागरिकलाई हिन्दुहरुका आराध्यदेव पशुपतिनाथका चारै ढोकासम्म पुग्ने गरी ह्वील चियरसहितको पूर्वाधार बनाइने बताएका छन्। मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका सबै जहाज उडाउने गरी व्यवस्था गरिने बताएका छन्।
उनले चीनको गोन्झाउमा उडान भर्ने सहमति आइसकेको पनि जानकारी दिए। उनले लुम्बिनीमा मेडिटेसन सेन्टर सञ्चालनका लागि युनेस्कोसँग छलफल गरिरहेको बताए। भट्टराईले त्रिभुवन विमानस्थलमा सम्माननीयलाई मात्रै गाडीसहित जाने व्यवस्था गरिने उल्लेख गरे।
गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क संचालन गर्ने लगायतका पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघबीच समझदारी नै गर्ने घोषणा गरेका छन् ।
हेर्नुहाेस् पूर्णपाठ:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार