भिडियो कन्फरेन्सले निम्त्याएको प्रश्न
नेपालबहस संवाददाता
भदौ १०, २०७६ मंगलबार २१:३१:४
१० भदाै,काठमाडौं । नेपालमा पहिलो पटक टेलिकन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक बसेपछि यसको वैधानिकता र सुरक्षाप्रति गम्भिर प्रश्न उठेको छ । हिजो सोमबार यस्तो अभ्यास गरियो ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । प्रविधिगत रुपमा यो ठूलै चमत्कार र उपलव्धि होला,तर यसबाट निम्तिने नकारात्मक पक्षमा भने खासै ध्यान नपुगेको देखिन्छ ।प्रधानमन्त्री ओली स्वभावैले निरकुंश शैली अपनाउने शासक हुन् । शासकीय प्रणालीमा आफ्नो पकड र प्रभाव ओलीका लागि धेरै नै महत्वको छ । त्यसैले उनी नयाँ प्रविधिको आडमा आफ्नो पकड कायमै राख्न चाहन्छन् ।
बाहिर देखाउँदा प्रविधिको उपयोग गरेको , तर भित्र भने शासन पद्धतिमाथिको पकड नछाडेको बुझ्न कठिन छैन । नत्र भने उनले नेकपा सचिवालय बैठक पनि यही प्रविधिमार्फत गर्न नसक्ने अवस्था त थिएन । उनले सचिवालयले गर्नुपर्ने मुख्य काम पूरा गरिसकेकाले त्यता यो झण्झट बेसाउन चाहेनन् ।
लामो समय विदेशमा उपचार गर्नुपर्ने भएकाले महत्वपूर्ण निर्णय पनि लिनुपर्ने हुन सक्छ । तर यसमा ओली अरु कसैको पनि संलग्नता स्वीकार्न तयार छैनन् । त्यसैले उपचारका लागि सिंगापुर जानु अगावै उनले मन्त्रिपरिषद बैठकबाट यस्तो गर्न मिल्ने गरी निर्देशिका बनाए । साथै उनी आफू स्वस्थ रहेको सन्देश दिन पनि यस्ता चटक देखाउन अग्रसर भएका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ अवस्थालाई लिएर विभिन्न खाले अड्कालबाजी भइरहेका बेला उनी आफू ठीक भएको सन्देश दिन प्रविधिको दुरुपयोग गर्न कस्सिएका छन् । तर उनको मूल ध्यये भने शासकीय प्रणालीमा जरो गाडेरै बस्ने नै हो । अब प्रश्न उठेको छ – यस्तो प्रविधिको प्रयोग गर्नु कत्तिको जायज र आवश्यक हो ? प्रश्न यहींबाट गर्न सकिन्छ । यो सन्दर्भलाई बुझ्न हामी कुनै उदाहरण नै लिन सक्छौं ।
शासकीय प्रणाली र प्रविधिमा भारत हामी भन्दा धेरै अगाडि छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पनि असाध्यै प्रविधिमैत्री छन् । तर उनले विदेश जाँदा वा दिल्लीभन्दा पर रहँदा बस्दा यस्तो प्रविधिको प्रयोग गरी मन्त्रिपरिषदको वैठक गरेको जानकारी छैन । तर हाम्रा प्रधानमन्त्री भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा बढी आधुनिक र प्रविधिमैत्री रहेको देखाउन चाहन्छन् ।
यथार्थ भने बेग्लै छ । उनी शासकीय पद्धतिमा आफ्नो पकड मजबूत राख्न नै यसो गरिरहेका छन् । यसमा कुनै शंका वा द्विविधा छैन । लामो समय उपचारका लागि सिंगापुर बस्नुपर्ने भएकाले उनले यो हतकण्डा अपनाएका छन् । बाहिर देखाउँदा प्रविधिको उपयोग गरेको , तर भित्र भने शासन पद्धतिमाथिको पकड नछाडेको बुझ्न कठिन छैन । नत्र भने उनले नेकपा सचिवालय बैठक पनि यही प्रविधिमार्फत गर्न नसक्ने अवस्था त थिएन । उनले सचिवालयले गर्नुपर्ने मुख्य काम पूरा गरिसकेकाले त्यता यो झण्झट बेसाउन चाहेनन् ।
अब कानूनी रुपमा कार्यवाहक प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद बैठकको अध्यक्षता विदेशमा बसेका व्यक्तिले गर्न मिल्ने की नमिल्ने भन्ने गम्भिर कानूनी प्रश्न उब्जिएको छ । यो विषयमा धेरै खाले तर्क वितर्क हुन थालेका छन् । कसैले चाह्यो भने यसको कानूनी निरुपणका लागि सर्वाेच्च अदालत जान सक्ने बाटो खोलिएको छ ।
तर सत्तामा भने अरुलाई ढिम्किनै नदिने उनको मनसुवा स्पष्ट छ । भिडियो कन्फरेन्समार्फत गरिएका यस्ता बैठक सामान्य मानिसका लागि उत्सुकताको विषय पक्कै हो । केही हदसम्म रमाइलो पनि भएको छ । नेपाल पनि प्रविधिमा फड्को मार्दै छ भन्ने सन्देश नगएको होइन । तर यसले निम्त्याउने दुईटा प्रश्न भने ज्यादै गम्भिर र संवेदनशील छन् ।
पहिलो कानूनी छ ।
प्रधानमन्त्री विदेशमा भएका बेला वरिष्ठ मन्त्रीलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने कानूनी प्रावधान छ । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकेर पत्र दिइसकेको अवस्था छ । अब कानूनी रुपमा कार्यवाहक प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद बैठकको अध्यक्षता विदेशमा बसेका व्यक्तिले गर्न मिल्ने की नमिल्ने भन्ने गम्भिर कानूनी प्रश्न उब्जिएको छ । यो विषयमा धेरै खाले तर्क वितर्क हुन थालेका छन् । कसैले चाह्यो भने यसको कानूनी निरुपणका लागि सर्वाेच्च अदालत जान सक्ने बाटो खोलिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने जस्तो हाम्रो राष्ट्रिय सुरक्षासँग गाँसिएका विषय चुहियो भने त्यसको जिम्मेवारी कसले लिने ? नेपाल सामरिक रुपले ज्यादै संवेदनशील अवस्थामा रहेको मुलुक हो । भारत र चीनको बीचमा रहेको नेपाल दुबै मुलुकका लागि सामरिक महत्वको रहेको छ ।
अर्काे महत्वपूर्ण प्रश्न भनेको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो ।
भिडियो कन्फरेन्स गर्दा प्रविधिमार्फत हाम्रा हरेक सूचना सेवा प्रदायक समक्ष सहजै पुग्ने गर्छ । त्यसले कतिपय गम्भिर र आपत्तिजनक सूचना चुहिने सम्भावना रहने गर्छ । यस विषयमा हिजै प्रमुख प्रतिपक्षी दलका नेताहरुले आवाज उठाइसकेका छन् । यसको प्राविधिक पक्षमा सरकारले पनि जवाफ दिनै पर्छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने जस्तो हाम्रो राष्ट्रिय सुरक्षासँग गाँसिएका विषय चुहियो भने त्यसको जिम्मेवारी कसले लिने ? नेपाल सामरिक रुपले ज्यादै संवेदनशील अवस्थामा रहेको मुलुक हो । भारत र चीनको बीचमा रहेको नेपाल दुबै मुलुकका लागि सामरिक महत्वको रहेको छ ।
त्यसैले यहाँको सूचना चुहिंदा त्यसले ठूलै प्रभाव पार्न सक्छ । यस्तो संवेदनशील र धेरै नै महत्वको विषयलाई सत्ताधारीहरुले आफ्नो सन्तुष्टी र चाहना पूरा गर्ने साधनका रुपमा प्रयोग गर्ने छुट किमार्थ दिन सकिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार