महिला पत्रकारको ‘बाइलाइन’ गोरखापत्र पहिलो
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १२:५७:५
११ भदौं, काठमाडौं । काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारमध्ये पछिल्लो तीन महिनामा गोरखापत्र दैनिकमा सबैभन्दा धेरै महिला पत्रकारको ‘बाइलाइन’ छापिएको छ ।
फ्रिडम फोरम नेपालले सन् २०१९ को अप्रिलदेखि जुन महिनासम्म छापा माध्यमको अनुगमन प्रतिवेदनमा गोरखापत्र दैनिकमा १७ वटा समाचार महिलाको बाइलाइनमा छापिएको उल्लेख छ ।
पुरुषको बाइलान भने ४६ वटा छापिएका छन् । द राइजिङ नेपालमा भने १३ महिला र ३३ पुरुषका बाइलान छापिएका छन् । अध्ययन हप्ताको एक दिन पहिलो पृष्ठलाई आधार बनाइने छ । प्रतिवेदन अनुसार अनलाइनतर्फ भने सेतोपाटी डटकममा सबैभन्दा बढी महिला पत्रकारले समाचार लेखेको देखिएको छ । सेतोपाटीमा १३ वटा महिला र १५ वटा पुरुषको बाइलाइन प्रकाशित भएका छन् ।
छापा माध्यममा गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, रिपब्लिका, द राइजिङ नेपाल, द हिमालयन टाइम्स, द काठमाण्डु पोस्ट र नेपाल समाचारपत्रको समाचार अनुगमन गरिएको छ । अनलाइनमा भने बाह्रखरी, लोकान्तर, अनलाइन खबर, पहिलो पोस्ट, राटोपाटी र सेतोपाटीका समाचार अनुगमन गरिएको हो ।
राष्ट्रिय स्तरका नौवटा दैनिक अखबार र छवटा अनलाइन समाचार पोर्टलको समाचार विश्लेषण गरी प्रतिवेदन तयार पारिएको फ्रिडम फोरमले जनाएको छ । विगतभन्दा यस वर्ष समाचारको विषयवस्तु र बाइलाइनमा महिला देखिने क्रम बढेको फ्रिडम फोरमका लैङ्गिक अनुगमन अधिकृत नानुमैया खड्काले बताए ।
धेरैजसो पत्रकार महिला सामाजिक विषयवस्तुमा समाचार लेख्ने गरेको पाइएको खड्काले बताए। तीन महिनाको अनुगमनको क्रममा ६६६ वटा बाइलाइन समाचारमध्ये १३ प्रतिशत महिला र ८७ प्रतिशत पुरुषको पाइएको फोरमले जनाएको छ ।
फ्रिडम फोरमले सन् २०१६ को अक्टोबरदेखि सञ्चारमाध्यममा महिलाको उपस्थितिबारे अध्ययन तथा अनुगमन गर्दै आइरहेको छ । हरेक तीन महिनामा अध्ययनको प्रतिवेदन सार्वजनिक गरिन्छ ।
हप्ताको एक दिनको अखबार र अनलाइनको गृहपृष्ठमा समावेश समाचारको मात्र अध्ययन गरी रेकर्ड गरिने फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले बताए । गोरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार