त्रिपालमुनि पढ्दै विद्यार्थी
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १५:४६:५
११ भदौ, मुसिकोट । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् ।
हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले बताए । उनका अनुसार गाउँमा आएको पहिराका कारण विद्यालयको पठनपाठन नै ठप्प बनेपछि स्थानीयवासी अभिभावकको सल्लाहमा त्रिपालमुनि अध्यापन गराउन थालिएको बताइएको छ ।
गत साउनदेखि विद्यालयको पठनपाठन कार्य रोकिएपछि नगरपालिकाले प्रदान गरेको पाँच त्रिपालको सहयोगमा खुलाचौरमै पढाउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक भीमबहादुर थापाको भनाइ छ । पहिराले विद्यालयको भवनमा क्षति पु¥याएको र गाउँको बस्तीसमेत जोखिममा परेपछि केही समयका लागि खुलाचौरमा पढाइ सञ्चालन गर्नुपरेको उनले बताए ।
खुलाचौर र त्रिपालमुनि पठनपाठन शुरु गरिएसँगै विद्यार्थीको शतप्रतिशत उपस्थिति रहेको बताइएको छ । तर, हाल उक्त स्थानमा शौचालय र खोनपानीको अभावले विद्यार्थीको पठनपाठनमा समस्या पर्ने देखिएको छ । पहिराले हम्पागाउँका १०० बढी घर जोखिममा परेका छन् । त्यस्तै नौ घर पूर्णरुपमा क्षति भएका वडाध्यक्ष विनोद पुनको भनाइ छ । गत साउन १७ गते आएको पहिरोले स्थानीयवासी ४५ वर्षीया बिर्मी नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार