सिरहामा दलित छात्रावास भवन अलपत्र
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १६:५२:३२
११ भदौ लहान । उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ ।
प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो । आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सकिने गरी निर्माण थालिएको उक्त छात्रावास भवन अलपत्र पर्दा छात्रावास भवनको रु ३९ लाख रकम फ्रिज भएको पूर्वधार विकास कार्यलयका इञ्जिनीयर पशुपति साहले जानकारी दिए ।
भवन निर्माणका लागि छुट्याएको बजेटमध्ये हालसम्म रु ४३ लाख खर्च भएको र रु आठ लाखको फनिर्चर खरीद गरिएको उनको भनाइ छ । अघिल्लै आर्थिक वर्षमा सकिनुपर्ने छात्रावास निर्माणको कार्य चालू आवको करीब डेढ महीना बित्नै लाग्दासमेत काम सम्पन्न हुने कुनै छाँटकाँट नदेखिएको स्थानीयवासीले बताएका छन् ।
निर्माणस्थलमा निर्माण सामग्री लथालिङ्ग फालिएका छन् भने मजदुरले आउनै छाडेका स्थानीय सीताराम साहले बताए ।
छात्रावास निर्माणका लागि आएको बजेट काम पूरा नभएकाले फ्रिज भएपछि पुनः बजेट आउने वा नआउने अन्योलता बढेको छ ।
दलित अगुवा रामसेवक रामले भने, “प्रदेश सरकारले दलित छात्रावास भवन बनाउन चाहेको छ, तर उपभोक्ता समितिको लापरवाहीका कारण निर्माणकार्य बीचमै अलपत्र पर्दा अन्योलता बढेको छ ।”
अधुरो छाडिएको भवनको निर्माणकार्य पूरा गरी छात्रावास सञ्चालनमा ल्याउन प्रदेश सरकारसँग दलित अगुवाले आग्रहसमेत गरेका छन् । निर्माणाधीन भवन अगाडि पानी जमेर खाल्डो बनेको छ ।
समाजमा छुवाछूतका कारण दलित समुदायका विद्यार्थीलाई बजारमा कोठाभाडा लिएर अध्ययन गर्न समस्या भइरहेको कुरालाई मनन गरी प्रदेश सरकारले प्रदेशका आठै जिल्लामा दलित छात्रावास भवन बनाउन थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा तेस्रो पटक हिमपात
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार