जेफ्री एप्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १७:३९:२८
११ भदौ, एजेन्सी । धनाढ्य व्यापारी एवं लगानीकर्ता जेफ्री एप्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने एकजना महिलाले आफू १७ वर्ष हुँदा राजकुमार एन्ड्रुसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको विषयमा पूर्ण रूपमा इमान्दार हुन आग्रह गरेकी छन्।
एप्स्टिनको मृत्युपछि भएको सुनुवाइपछि बोल्दै पीडितहरू मध्येकी एक भर्जिनिया जुफ्रीले उनले के गरेका थिए भन्ने उनैलाई थाहा भएको बताइन्।
ड्यूक अफ योर्कले चाहिँ आफूविरुद्धका आरोपहरू यसअघि अस्वीकार गरेका थिए। मृत्युको अनुसन्धान गर्ने अधिकारी कोरोनरले एप्स्टिनले यो महिना थुनामै रहेका बेला आत्महत्या गरेको बताएका छन्।
उनीविरुद्ध षडयन्त्र गरेको र यौन तस्करी गरेको मुद्दाको सुनुवाइ हुनै लाग्दा उनको मृत्यु भएको हो। ६६ वर्षीय धनी र शक्तिशाली व्यापारीले एकताका राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र राजकुमार एन्ड्रु साथी भएको बताएका थिए।
जेलको एउटा कोठामै रहेका बेला गत अगस्ट १० तारिखदेखि उनको केही प्रतिक्रिया आएको थिएन। न्यूयोर्क सहरस्थित एक अदालतमा करिब १५ जना आरोप लगाउनेहरूलाई आफूविरुद्धको दुर्व्यवहारबारे बोल्न दिइएको थियो।
एप्स्टिनको मृत्युसँगै उनीविरुद्धको आपराधिक मुद्दाको सुनुवाइ बन्द भएको छ। एप्स्टिनलाई आरोप लगाउने महिलाहरूले उनले आत्महत्या गरेर दोषबाट उम्किएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
अभियोजनकर्ताहरूले भने अनुसन्धान जारी रहेको र उनीविरुद्धको अभियोगमा कुनै अरूको मिलेमतो भए तिनीहरूविरुद्ध अझै पनि मुद्दा चल्न सक्ने बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार