कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १८:४१:७
धु्रवसागर शर्मा / रासस
११ भदौ गलेश्वर । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो ।
रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए। कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उनको कुरा काट्न थाले । सरसापट र ऋणसमेत गाउँमा पाउन नसक्ने अवस्था भयो । कसैले पत्याउन छोडे तर गुरुङले हिम्मत हारेनन।
आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तिय संस्थाबाट रु ७० हजार ऋण लिए। भैँसी किनेर दूध बेच्न थाले । १० वर्ष अघि एउटा भैँसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बनेका छन् । सबै खर्च कटाएर उनको मासिक कमाइ रु दुई लाख ५० हजारभन्दा बढी छ ।
विसं २०६७ मा केञ्जल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा पशुपालन, कुखुरापालन र सुन्तलाखेती गरेका गुरुङ पछिल्लो दश वर्षमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकका रुपमा पहिचान कमाउन सफल भए । गुरुङको गोठमा अहिले नौवटा दुहुना भैँसी र चार वटा गाई छन् । उनले दैनिक ६० लिटर दूध बिक्री गर्दै आएको बताए । “दैनिक ६० लिटर दूध बिक्री गरेर मासिक रु एक लाख ४४ हजार कमाइ हुन्छु”, गुरुङले भने । बेनीमा प्रतिलिटिर रु ८० मा दूध बिक्री हुन्छ ।
त्यसैगरी गुरुङले भैँसीको अलवा आधुनिक तरिकाले कुखुरापालनसमेत गरे । अहिले कुखुराको फार्ममा ३० हजार कुखुरा छन् । गुरुङले भने “कुखुराबाट मासिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”, कुखुराको दानालगायत अन्य पारिश्रमिक खर्च कटाउँदा मासिक रु एक लाखभन्दा बढी वचत हुने उनले जानकारी दिए ।
त्यसैगरी गुरुङले घरवरिपरिको जग्गामा झपक्कै सुन्ताला लगाए। गुरुङको बारिमा रहेका ५०० बढी सुन्तालाका बोटमध्ये ४०० ले फल दिन्छन भने १०० बिरुवा दुई वर्ष अघि लगाएका हुन् । सुन्तला बेचेर सिजनमा रु सात लाख कमाउने गरेका गुरुङले बताए ।
गुरुङका अनुसार वार्षिक रु ४५ लाख कमाइ हुने गरे पनि खर्च कटाउँदा रु ३० लाख बचत हुने गरेको छ । उनले कृषिबाट आम्दानी मात्र गरेका छैन, छोराछोरीलाई इञ्जिनीयरिङसमेत पढाएका पनि छन । “एउटा छोरालाई बायो मेडिकल इञ्जिनीयरिङ पढाएको छु”, उनले भने, “एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाँकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” मैले अब छोराछोरीको विवाह गरिदिए भने बाबाआमाको कर्तव्यबाट मुक्त हुन्छु ।
“रु ७० हजारको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु, यसमा परिवारको ठूलो सहयोग रहेको छ”, गुरुङले भने । अर्काको देशमा बसेर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्छु भनेर आएँ, सन्तुष्ट छु उनले भने। कृषि पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फार्मलाई व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए
स्थानीय दूध र दहीको बजार माग धेरै भए पनि आफूले भने जति उत्पादन गर्न नसकेको उनको भनाइ छ । नेपालका अधिकांश मानिसको जीविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको छ तरपनि आम्दानी गर्न नसकेको बेलामा गुरुङले मासिक रु दुईलाख ५० हजारभन्दा बढी कमाइ गरिरहेका । स्वास्थ्यको हिसाबले पनि स्थानीय रैथाने गाई भैँसीको दूध राम्रो मानिन्छ ।
अहिले गुरुङ म्याग्दीका कृषकको बीचमा उदाहरणीय बनेका छन् । भँैसी, कुखुरा र सुन्ताला खेतीबाट गुरुङको जीवनले नयाँ पहिचान पाएको छ । उहाँ उद्यमी कृषकका रुपमा जिल्लामा चिनिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गर्ने
जेठ १५, २०८१ मंगलबार
आगामी आर्थिक वर्षबाट जग्गा रोक्का तथा फुकुवा अनलाइन प्रणालीबाट हुने
जेठ १५, २०८१ मंगलबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार