विश्वहिन्दु महासंघ अधिवेसनको तयारीमा
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार २१:६:३१
श्रीकृष्ण सिग्देल
११ भदौ, स्याङ्जा । विश्वहिन्दु महासंघ जिल्ला कार्य समिति स्याङ्जाले जिल्लाका ११ वटै स्थानीयतहमा अधिवेसन मार्फत समिति गठनको तयारीमा जुटेको छ । पहिलो पटक वालिङ नगरपालिकामा अधिवेसन गरेर शुरुवात गर्न लागेको हो । आगामी भदौ २१ मा हुने नगरपालिकाको अधिवेशनलाई ऐतिहासिक बनाउन तयारीलाई तिव्र पारिएको महासंघ स्याङ्जा शाखाका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिए ।
अधिवशेशनका लागि महासंघले “बैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणमा उठौं, भाद्र २१ गते पतञ्जली योगपीठ वालिङ नगरीमा जुटौं” भन्ने अभियान समेत चलाएको छ । अभियान अन्तर्गत पतञ्जली योगपीठ वालिङमा तयारी भेला गरिएको छ । सो अवसरमा बोल्दै महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले अधिवेशन बैदिक सनातन धर्मको संरक्षणमा सफल हुने विश्वास व्यक्त गरे । मुलुकलाई धर्म निरपेक्ष घोषणा गरेर हिन्दु धर्मलाई ओझेल पार्न खोजीएको होकी भन्ने हामीलाई लागेकाले सबै हिन्दु धर्म बचाउन अग्रसर हुनुपर्ने धारणा पराजुलीको थियो । अधिवेशनमा डाक्टर चिन्तामणी योगीको प्रमुख आतिथ्यता रहने भन्दै महासंघ स्याङ्जाका अध्यक्ष पाण्डेले सवैलाई सहभागी हुन आग्रह गरे । कार्यक्रममा शिक्षाविद मुक्ती प्रसाद सुवेदीले धर्म विना मानव जीवन अन्धकारमय हुने बताए ।
कार्यक्रममा विश्वहिन्दु महासंघका पदाधिकारी, पतन्जली योगपीठ स्याङ्जाका सदस्यहरु,ओम शान्ती परिवार, नेवा खलः परिवार, शिक्षक, राजनैतिक दलका नेताहरु,व्यापारी,पत्रकार लगायत आ—आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए । वालिङबाट शुरु गरिने स्थानीय तहको अधिवेसन जिल्लाका अन्य स्थानीय तहमा पनि गठन गर्ने तयारीका साथ विश्व हिन्दु महासंघ स्याङ्जा अगाडी बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि यःमरी उत्सव गरिने
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार