एकै दिन राष्ट्रिय वाणिज्य बैंकको १४ नयाँ शाखा संचालनमा, ३१ लाख ग्राहक आबद्ध
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बिहिबार ४:५६:५५
११ भदौ, काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ । २८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले आज विस्तार गरेको शाखा कार्यालयमा चकचकी (झापा) कसिंयावजार (मोरङ), चन्द्रपुर (रौतहट), भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा(महोत्तरी), पोखरीया (पर्सा) , टोखा र कोटेश्वर (काठमाडौ), खैरेनीटार (तनहुँ), पूर्तिघाट (गुल्मी) चन्द्रौटा (कपिलबस्तु) र घोराही (दाङ) रहेका छन् । सबै जिल्लामा बैंकको पहुँच पुगेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल माध्यमबाट आज ती शाखा कार्यालयको शुभारम्भ गर्दै पुँजी बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । उनले भने, “आर्थिक गतिविधि बढिरहेको छ । रु एक खर्बको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ । आर्थिक वृद्धिदर बढेको छ ।” अर्थमन्त्री डा. खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिए ।
बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत रु ४० करोड लगानी गरेको र अगामी दिनमा लगानी वृद्धि गर्दै लैजाने बताए । उनले भने, “वित्तीय पुहँच र सबै नेपालीको बैंक खाता बनाउने अभियानलाई सहयोग गर्न बैंकले प्राथमिता दिएको छ । बैंक सुधारको आयोजना जारी रहेको छ ।”
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताए ।
बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गत आवका बैंकले रु पाँच अर्ब ३२ करोड मुनाफा आर्जन गर्न सफल रहेको जानकारी दिँदै बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब रहेको बताए । विसं २०२२ माघ १० गते सो बैंकको स्थापना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन
असार ४, २०८१ मंगलबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार