ब्राउन सुगरसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १३:१०:२५
१२ भदौ, बनियानी । झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ । त्यस्तै, प्रहरीले बिहीबार नै मेचीनगर–७ स्थित गैरीगाँउबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज खवासलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।
सरकारी छाप कीर्ते गर्ने तीन वर्षपछि पक्राउ
सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।
सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई विसं २०७३ चैत २२ गते एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार