ललितपुर महानगरपालिकामा लिफ्ट जडान हुँदै
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १८:२२:३६
१२ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट ‘उचाल्ने यन्त्र’ को काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
सो कार्यालय भित्रिने विदेशी पाहुना, कार्यालयका कर्मचारी, यहाँ उपस्थित फरक क्षमता भएका व्यक्ति, असक्त, वृद्धवृद्धा र सेवाग्राहीलाई ध्यानमा राखी महानगरले लिफ्ट जडानको काम अघि बढाएको हो ।
महानगरपालिका र आरएमएस इन्टरनेशनल कम्पनीबीच लिफ्ट जडानको पहिलो सम्झौता विसं २०७५ फागुन २१ गते भई २०७६ असार १५ सम्ममा सम्पन्न गर्ने लक्ष्य थियो तर तोकिएको समयावधिमा काम भने पूरा गर्न सकेका छैनन् ।
कार्यालयमा बिहान १० देखि साँझ ५ बजेसम्म सेवाग्राही उपस्थित हुन्छन् । उनिहरुलाई ध्यानमा राखी पर्नसक्ने उच्च जोखिम हटाउने उद्देश्यका साथ पूरै दिन निरन्तर काम गर्न नपाएको आरएमएस इन्टरनेशनलका व्यवस्थापक सन्तोष घिमिरेले जानकारी दिए ।
“हामीलाई बिहान र बेलुका मात्र काम गर्नुपर्ने बाध्यता छ । हामीले असार १५ अगावै दोस्रोपटक भदौ मसान्तसम्मका लागि सो लिफ्ट जडानको पुनःसमय थप गरेका छाँै”, घिमिरेले भने, “लामो समय दिउँसो काम गर्न नपाएकाले लिफ्ट जडानमा ढिलाइ भएको हो ।” निरन्तर तीनै समय एकैनास सो काम गर्न पाएको भए अलिअघि नै काम सम्पन्न गर्न सफल हुने उनले जानकारी दिए
लिफ्टमा केही बाँकी फलाम जडान र बाहिरभित्र दुवैतिर देखिने सीसा ‘टफन ग्लास’ हाल्न १५ दिन लाग्ने घिमिरेले बताउँदै थपे, “भदौ मसान्तअगावै बाँकी रहेको २५ प्रतिशत काम सम्पन्न गर्नेछाँै ।” सो लिफ्ट महानगरपालिकाको चारै तलामा सहजताका साथ पुग्ने बताइएको छ । हाल निर्माण हुँदै गरेको लिफ्टमा एकैपटक १५ जना बस्न मिल्नेछ ।
लिफ्टको क्षमता एक हजार किलोग्राम हुनेछ । महानगरपालिकाले लिफ्ट जडानका लागि इन्टरनेशनल कम्पनीसँग बसेर आकस्मिक र भ्याटसहित रु एक करोड आठ लाख लागत लाग्ने अनुमान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा तेस्रो पटक हिमपात
पुष १३, २०८१ शनिबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार