साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने
नेपालबहस संवाददाता
भदौ १२, २०७६ शुक्रबार ४:५७:४८
१२ भदौ, एजेन्सी । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ‘पन्ध्र वर्षमुनि’ च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन् ।
भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै भारत साविक विजेता बंगलादेशलाई ४–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
भुटानसँगको खेलमा नेपालका लागि कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक÷एक गोल गरेका थिए । खेलको पाँचौ मिनेटमा प्रदिपले पेनाल्टीमार्फत गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा निराजनले गोल गरे ।
यस्तै खेलको ४८औँ मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गरी नेपाललाई ३–० को अवस्थामा पु¥याए । खेलको ७५औँ मिनेटमा अशिमले, ८५औँ मिनेटमा क्रिसले तथा अतिरिक्त समयमा सुगमले गोल गरी नेपाललाई ६–० गोलको सहज जित दिलाएका थिए ।
यस्तै भुटानसँगको खेलमा भारतका लागि हिमांशु जान्ग्राले तीन तथा शुभो पलले एक गोल गरेका थिए । पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।
त्यसपछिका तीन खेलमा नेपालले श्रीलङ्का, बंगलादेश र भूटानलाई पराजित गरेको थियो । भारत भने अपराजित रहँदै फाइनल पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार