ह्यापी फादर्स डे “बा”
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार ५:४७:१५
कुसुम विश्वकर्मा
१३ भदौ,काठमाडौं । बा ! तिम्रो बारेमा के के मात्रै सम्झुँ, के मात्रै भनुँ ? मेरो पुरै जीवन तिम्रो सम्झनाको रेशा रेशा मिलेर बने जस्तो लाग्छ।
आज राती सपनीमा सम्झनाको पल्लो छेउमा, सायद शरदको बिहानी घाममा म तिम्रो हात समातेर हिँडिरहेकी थिएँ, अहिले बिउझिदाँ पनि त्यो घामको न्यानो मेरो मनमा ताजै छ बा ।
मानौं, दशैँ तिहार आउदा गाउँघरमा रातो माटो र कमेरोले लिपिएका भित्ताहरुमा, हाम्रो छायाँ सँगसँगै हिँडिरहेको जस्तो थियो । सपनामै मैले सोधेको थिए तिमीलाईबा, हाम्रो छाँया किन यति लामो?’ तिमी मुसुक्क हाँसेउ अनि बिलायौ । म हतार गर्दै उठे घडीमा ६ बजिसकेछ । अफिस जानुपर्ने ।
बा आज मलाई तिम्रो धेरै याद आईरहेको छ । तिमी भन्थेउ नि, पढ्छेस् ? पढ्ने भए पढ्, म जसरी नि तलाई पढाउछु अनि असल पत्रकार बनाउछु । पढिस् भने पछि पत्रकार भएर रेडियो, टीभी, पत्रिका जताततै नाम आउछ । हो, आज साच्चिकै तिमीले भने जस्तै भाको छ, तिमीले सोचे जस्तै भाको छ । साँच्चिकै तिमीलाई विश्वास थियो, पढ्यो भने केही हुन्छ हुन्छ। पढाईको शक्तिमा अटल आस्था र विश्वास हुन्छ । तर तिमीमानत विज्ञान नत राजनीतिक शास्त्रको ज्ञान थियो । थियो त केबल सामाजिक भावना अनि आफ्नै संस्कार ।
बा तिमी भन्ने गर्थेउ नि तिमीहरु नमात्तिओ, म हाकिम होइन, कायम मुकायम मात्रै हो। आफ्नो काम आफैं गर्न सिक, हरेक कामलाई आफैले गर । तिम्रो त्यही भनाई मेरो पहिलो पाठशाला भयो बा ।।
जीवनमा जन्मिएको पहिलो पटक सायद बोलेको पहिलो शब्द नै बा अनि आमा थियो । तिमी मेरो लागि भगवान हौं बा ।। पत्रकारिताको पहिलो पाठशाला हौं बा । गाउँमा तिमीले चौकीदारी अथात् कटुवाले गर्दा तिम्रो हात समाई समाई हिडेको आजै जस्तो लाग्छ । मैले तिमीलाई प्रश्न गर्थे किन यस्तो काम गछौं बा भन्दा यो सब तिमीहरुको लागि हो भन्थ्यौ त ?
आफ्नो जन्मभुमि पहाड दैलेखबाट तराई बर्दिया आउदा काम गर्न भारत गएका तिमी आफ्नै देशमा केही गर्नुपर्छ भनि फर्किएर गाउँमै कटुवाले जीवन बिताएयौं अनि त्यसैमा तिम्रो जीवन नै बित्यो ।
वि.स.२०७४ चैत ४ गते तिमीले अचानक हामी सबैलाई छोडेर गयौं । आज तिमीले हामीलाई छोडेको पनि १ बर्ष ५ महिना पुगेछ बा ।। जानी नजानी तिम्रा अर्तीउपदेशहरुको अंकमाल गरिरहेकी छु । आगोका फिलिंगाजस्ता तिम्रा सम्झनाका कणहरु जम्मा गरेकी छु ।
मनभित्र मायाको खलाँती चलिरहन्छ। यी फिलिंगाहरु नहराउन भनेर यताउता होशीयारी अपनाइरहेकी छु, यादहरुलाई जोगाइराखेकी छु ।तिम्रा सयौं यस्तै झुप्पा झुप्पा सम्झनाहरूले ज्योति बनेर बाटो देखाइरहे जस्तो लाग्छ बा ।
बा, एउटा सल्लाह गर्नुछ, यो शुक्रबार म घर आउँछु तिमीले हामीलाई छोडेर जानु भन्दा ठीक एक महिना अघिको टेलिफोन संवाद थियो तिमीसँग मेरो …..
मिति २०७४ फागुन महिनाको २३ गते साँझको फोनवार्ता पछि म भोलिपल्ट घर जानको लागि बिहान त्रिभुवन विमानस्थल प्रस्थान गरे । यसपटक बाको औदी माया लागेको थियो । सोचे केही नभनी घर जान्छु । तर सकिन अनि बालाई फोन गरे !!
म आउदै छु आमालाई नभन है …
बा : लौ किन ! खाना पकाउने त आमाले हो….
म : नाई नभन के आउन लाईछे भनेर….
बा : ल राम्रोसँग आइज, जहाजमा ध्यान दिनु नी, पढेलेखेकी त नै छेस्
बिहान ९ः १५ प्रस्थान थियो काठमाडौदेखि नेपालगंजको । यतिकैमा उडान डिले भएछ । सबै यहि भन्दै थिए आफुलाई भने घर कतिखेर जाउ जस्तो भाको ।
यतिकैमा बुद्ध एयरबाट नेपालगंज जाने यात्रु गेट न ३ तर्फ प्रस्थान गर्नुस, म नि हतार हतार बोर्डिङ पास गरेर गए । केही समयमा जहाज उड्यो आकाशमा । उता मेरा बा म आउने बाटोतिर आँखा पछ्याईरहेका थिए । करिब ११ बजे फागुन महिनाको घाम सुरु भइसकेको थियो । म राजा विमानस्थल नेपालगंज पुगे ।
त्यसपछि बर्दिया घर जान गाडीमा बसे । बाँकेबाट कोहलपुर,बाँसगढी,रम्मापुर हुँदै बर्दियाको भुरिगाउ पुगे, गाडी रोकियो, साना तिना बजार, चर्को घाम । सोचे बालाई चिसो औधी मनपर्छ अनि गुलियो खानेकुरा भनेपछि भुतिक्कै हुन्छन् । केही खानेकुरा किनेर घरतिर लागे ।
घरपुग्दा दिउँसोको ३ बज्न लागेको थियो । बा हतारिदै भन्दै थिए । नानी आई, भोक लागेको होला, खान दे । मैले खाना एकछिन् पछि खाने अनुरोध गरेपछि बालाई किनिदेको खानेकुरा आमालाई दिएर भने देउ बालाई अनि आफु नि खाउ ।
आमा अलि रिसाएझै स्वरमा भनिन, आफैं दे तेरा बालाई ! मलाई त नभनि आकी हाम्लाई त माया लाग्छ हरे आफ्ना छोराछोरीको ?तिमीहरुले माया नगरेनि खाली बाको मात्र चिन्ता छ यसलाई ।।
घर गएको केही महिना बा बिरामी भएर नेपालका अस्पतालमा धेरै उपचार गराउन नपाएनि बाँकेको नेपालगंजमा उपचार गराएपछि भारतको देहरादुनमा दिदीले बोलाएपछि उतै केही महिना उपचार गराएर घर आएका मेरा बा बिरामी थिए । तर अलि कम भाको थियो बिराम ।।
डाक्टरले भने अनुसार उनलाई दम थियो अनि प्रेसर । पहिले धेरै जाडँरक्सी खाएछन् क्यारे ! मुटुमा प्वालसम्म परेको थियो । तर यो कुरा म कहिले पनि बालाई भन्न सक्दिन थे । उनले भने थाहा पाइसकेछन् ।
घरमा यस्तै बस्दा बा सँग गन्थनमन्थन गर्दा समय बित्दै गयो । सानैदेखिको रुची पत्रकारिता गर्ने । जिल्लामै रेडियो पत्रकारिता गरेकी म केही सिक्न भनेर काठमाडौं आएर घर गएको यो दोस्रो पटक थियो । गाँउघरमा गरेको भन्दा धेरै फरक खालको पत्रकारिता छ बा । म यस्तै कुरा गथर्,े तिमी मलाई सम्झाउँदै भन्थेउ आ.. आतिने होइन हेर सब विस्तारै ठिक हुन्छ ।
राष्ट्रिय समाचार समिति बर्दियाको संवाददाता भएर जिल्लाकै फूलबारी एफएममा काम गर्ने म, त्यो तिम्रै देन हो बा ।। मलाई रेडियो नेपालमा कोमल वली र बविता बस्नेत जस्तै मेरो छोरीले समाचार पढेको सुन्ने मन छ ।
नेपाल टेलिभिजनमा अनिता विन्दुले समाचार वाचन गरे जस्तो कुसुम विश्वकर्मा भनेर टेलिभिजनमा समाचार पढेको हेर्ने मन छ । पत्रिकामा कुसुमले लेखेका समाचार देखाएर हेर मेरो छोरीले यस्तो लेखेछ भनेर देखाउछु भन्ने त्यो तिम्रो सपना आज पुरा भएको छ बा तर तिमी छैनौं ।।
काठमाडौंको सुरुको बसाई निकै कष्ठपूर्ण थियो । धेरै दुखपूर्ण सुरुमा नयाँ समाचार, न्यूज नेटवर्क नै मेरा लागि सुरुको अवस्था थियो पत्रकारिताको । अनि रेडियो देशान्तर हुँदै अन्नपूर्ण रेडियोको यात्रासकिएसँगै अहिले जून डेस्कमा बसेर तिमीलाई सम्झिरहेकी छु उही अनलाइन समाचार पोर्टल नेपालबहस डटकम र नाइस टेलिभिजन ।।।
कुरा घर बिदाकै थियो । तर केही कामहरु खुलाउन पुगेछु । बिदा सकियो म काठमाडौ फर्के । यसपटक गाडीमा आए । आउँदा तिमीले भनेको शब्द बाबु अब भेट हुन्न तँसँग ! राम्रोसँग आफ्नो ख्याल गर्नु, काम गर्दा ध्यान दिनु ,मान्छे स्वार्थी हुन्छन् । कसैको विश्वास नगर्नु, आफुलाई राम्रो गर्नेलाई भगवान ठान्नु, सधंै कामलाई कर्म सम्झन, बस तिम्रो यो बोली मेरा लागि अन्तिम भयो बा ।।
तिमीले आँखाभरी आसु लिएर मलाई बिदाई गरेका मुजा परेका तिम्रा हात अब कहिले नहल्लीने गरि बिलाए बा । म काठमाडौं आइपुग्ने बेला खबर आयो बा छैनन भन्ने । मैले सोच्नै सकिन बा, कति रोए कति कराए । तर घरमा मेरी बुढी आमालाई के भयो होला न साथमा कोही छ । बा फेरि म कंलकीबाट फिर्ता भए । जहाँ बाले छोडेर गएका थिए त्यहि घर आमालाई सम्झाउन ।।।
जताततै खबर पुगेछ क्यारे, म घर पुग्दा मान्छेको भिड थियो । आमा त रुदाँरुदाँ बेहोस ।। म नि आफुलाई सम्हाली रहेकी थिए । दुई छोरा एक छोरी भारततिर नै बस्ने भएकाले नजिक थिएनन । म नै थिए दुखसुख पर्दा आमाबालाई हेर्ने, जिल्लामा हुँदा जस्तो सजिलो त थिएन तर टाढैबाट भए नि हेरेकै थिए ।
मनमा बाले सम्झाएको कुरा सम्झिदै त्यही ठूलो भिडमा पुगे जहाँ बा सुतिरहेका थिए । धेरै पटक उठाए तर तिमी उठेनौं । आमालाई हेरे आमा बोलिनन् । यता उता हेरे दाजूहरुलाई देखिन नत दिदीलाई ।। मनलाई कठोर बनाए । बा उठ न म आए भनेर सयौंपटक भने तर बा तिमी उठेनौं ।। कहिले पनि नउठेने गरि निदाएछौं क्यारे ।।
हिन्दु संस्कार अनुसार बालाई घाटतर्फ लगिने तयारी भयो ।। बाले मेरो औधी माया गर्ने भएर होला म मर्दा कान्छोले दिन्छ है दागबत्ती भन्थे । म बाको छोरी कहिल्यै भइन् सधंै छोरा भए । अनि त छोरी होइन छोरा भएर बाको नबोल्ले शरीर लिएर सबै आफन्तको साथमा घाट गए । आफ्नै आँखा अगाडि नदी किनारमा छोडेर आए बालाई ।।
बा तिमी हुँदा र नहुँदाको पल धेरै फरक छ बा ।।सोच्नै नसक्ने फरक । अझ मलाई भन्दा नि सँगै जीवन बिताउने कसम खाएर कैयौं बर्ष अगाडि तिमीले सम्बन्ध जोडेकी आमालाई हेर्छु, तिमी बिना उनी फिक्का छिन् । सधैं रातो सारीमा सजिने मेरी आमा अहिले सेतो पहिरनमा छिन् ।
तिमीले छोडेर गएपछि कैयौं रात रुदै काटेकी छिन् आमाले बा ।। भन्छिन्, कस्तो होला, कहिले त सपनामा आए नि हुने तेरो बा ।। किन होला सपनामा पनि नआउने? यस्तै प्रश्न सधै सोधिरहन्छिन बा आमाले ।।
बा तिमीलाई थाहा छ । तिमी नहुँदा त्यो खेत, खेत जस्तो छैन ।। घर घर जस्तो छैन । घरमा बस्दा पनि सुनसान छ । तिमीले पालेका गाईवस्तु अझैं नि जंगल जाने बेला कराउछन् । तिमीलाई बोलाउछन् । हरदिन मात्र तिम्रै सम्झना छ बा ।।
तेसो त जीवनमा दुख पछि सुख आउछ भन्ने तिम्रो कथन कहाँ हराएछ बा ? तिमी हुँदा बरु अलि अलि मिलेका साना साना खुशी पनि अहिले हराएका छन् । तिमी बिना आमाको जीवन अधुरो छ । बृद्धा अवस्थामा मृत्युसँग लडिलडि बाचिरहेकी छिन् आमा ।। तिमीले माया मारेछौं क्यारे यही भन्छिन्, सधंै । ।
दैवको लिला भाग्यमा जे लेख्यो त्यहि हुन्छ । २०७५ माघ १ गते बा म फेरि घर गएको थिए । जहाँ तिमी थिएनौ । आमा मात्र थिइन् । घर पुग्न नपाउदै आमालाई चोट लाग्यो । अकस्मात् ।।
कारण बाइकले हानेछ घरै अगाडि….रातारात अस्पताल पुर्याए यसबेला नि तिमीलाई धेरै सम्झिए तर हार खाइन बा । मनलाई सम्हाले अनि निडर हुन सिके । डाक्टरको रिर्पोट अनुसार खुट्टा माथि बाटै भाँचिएछ । अनि अप्रेशन भयो आमाको तर अवस्था अहिलेसम्म पिडादायक छ बा ।।
न त हिड्न सक्छिन्, न त सजिलै बस्न उठ्न । भन्छिन्, बा ओरालो लागेको मृगलाई खै ले पनि लखेट्छ भने जस्तै । अभागी दिन दुखीलाई पिरव्यथामाथि पिडा नै पिडा थपिन्छ । तर आमाको साथमा म छु बा, तिमी चिन्ता नलिनु । आमालाई कहिल्यै रुवाउने छैनन् ।
यो मेरो बाँचा भयो बा, तिम्रा ती अर्ति उपदेश पाएकी छु बा । जहाँ मैले काम गर्छु त्यहाँ तिम्रो छाँया पाएको छु बा ।। भगवान जस्ता अभिभावक पाएकी छु , जहाँ मेरा हरेक गल्तीमा मार्गनिर्देशन गर्ने, उपदेश पाएकी छु । बा आज यहाँसम्म ल्याउने तिमी, आमा र मलाई मार्गनिर्देशन दिने गुरुप्रति हार्दिक नमन ।।।
अन्तमा, बा ! हाम्रो नेपाली समाजमा खुलेर माया देखाउने चलन छैन । मैले कहिल्यैपनि तिमीलाई भनिन ’बा म तिमीलाई माया गर्छु ।’नबोलेरै भनिरहेँ र तिमीले कति सुन्यौ? त्यो तिम्रो कुरो ।
मिल्ने भए एकपटक भेट्ने थिएँ, तिम्रो समिपमा बसेर भन्ने थिए, ’आई लभ यु बा, ह्यापी फादर्स डे।’तिमी हाँस्दै भन्ने थियौं होलाछोरीले पश्चिमा संस्कृति भित्र्याई’मलाई थाहा छ बा, त्यो दिन कहिल्यै आउने छैन । आज तिमी छैनांै, तिम्रो सम्झना मात्रै छ। आई मिस यू बा ।। उही तिम्रो छोरी कुसुम ।।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार