आज कुशे औँसी
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १३:२७:११
१३ भदौ, काठमाडौं । ‘पितृदेवो भव’ अर्थात् पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा शुक्रबार छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ ।
दिवङ्गत पिताप्रति पनि यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको सम्झना गर्ने प्रचलन छ । तर समाजको दिनचर्या र आधुनिक युगसँगै आमाबुवालाई सम्झिने परम्परा पनि फेरिएको छ ।
आमाबुवालाई छाडेर विदेश हिँडेका तथा थातथलो छाडेर जागिरका लागि बाहिर रहेका छोराछोरीले सामाजिक सञ्जालमार्फत तथा भिडियो कन्फरेन्समार्फत आमाबुवाको मुख हेर्ने प्रचलन बढ्दै गएको छ ।
सहरिया जीवनका कारण आमाबुवा गाउँमा एक्लिँदै गएको अवस्था झन् दर्दनाक छ । ललितपुर लामाटारका रामकुमार श्रेष्ठ यस्तै एक जना पिता हुनुुहुन्छ, जसको छोराछोरी टाढिएको चार वर्ष बितिसकेको छ । भोलि बुवालाई खुवाउने औँसीको दिन भएको हुनाले छोराछोरीको निकै सम्झना आइरहेको सम्झँदै उनले भने, चार वर्ष भयो भेट नभएको आज निकै याद आइरहेको छ ।’ छोरा डेनमार्कको कोपनहेगनमा गएको दुई वर्ष र छोरी अस्ट्रेलिया गएको पाँच वर्ष भइसकेको उनले बताए।
श्रेष्ठले भने, ‘‘हामी वृद्धा आश्रममा लग्यो भनेर छोराछोरीलाई गाली गर्छौं तर हामी वृद्धवृद्धाहरू घरमा हुँदा पनि एक्लै छाँैं । बरु वृद्धा आश्रममा हामीजस्ता धेरै वृद्धवृद्धा हुन्छन् दुःख सुख भनेर अलि भए पनि मन हल्का हुन्थ्यो होला कि !’’
समाजमा हरेक घरबाट विदेशिएका आमाबुवाको पीडा यस्तै हुन्छन् । स्थायी घर झापामा भएका रोशन कार्कीको अवस्था पनि श्रेष्ठकै जस्तो छ । उनले भने, ‘‘एक मात्र छोरा अस्ट्रेलिया गएको चार दिन मात्र भयो । यो बेला उसलाई सम्झिरहेको छु ।”
अध्ययनका लागि आफ्नो छोरा अस्ट्रेलिया गएको जानकारी दिँदै अबको दुई वर्षमा आउने योजना छ के गर्छन् थाहा छैन । ‘‘एक्लो छोरा नजाउ हामी बूढाबूढी मात्र छौँ, भनेको तर मानेन गयो अहिले निकै याद आइरहेको छ ।’’
कामका लागि विगत तीन वर्षदेखि दुबईमा रहनुभएका विनीता पोखरेलले भने, अरूको देशमा आफ्नो परिवारको सम्झना त निकै आउँछ तर बाध्यता छ तर के गर्नु । बुवाको मुख हेर्ने दिनमा केही सामान पठाइदिन्छु अनि बिहानै भिडियो कल गर्छु ।
सात वर्षदेखि अमेरिकामा रहनुभएको नितेश तामाङ पनि बुवालाई बिहानै भिडियो कल गरेर आशीर्वाद लिने योजनामा हुनुहुन्छ । समाज कल्याण केन्द्र, वृद्धाश्रम पशुपति विगत १७ वर्षदेखि बस्दै आएका गोपाल खत्री भन्छन्, ‘‘छोराछोरीको सम्झना त आउँछ तर यहाँको माहोल नै रमाइलो छ ।’’
बुवाआमालाई खुवाउने आँैसीमा सबैले आफ्ना छोराछोरीलाई सम्झने स्वाभाविक हो तर मलाई त्यस्तो दुःख भने लाग्दैन उहाँले थप्नुभयो, ‘‘यहाँ कति आमाबुवा नभएकाहरूले हामीलाई मीठो मीठो परिकार खुवाउन आउछन्, सुत्नका लािग बास र खानका लागि गाँस दिएकै छ मलाई यसमा नै खुसी छ । आफ्नो सन्तानले नगरेको गुण गरिरहेको छ मलाई त मेरो छोराछोरी कता छ केही थाहा छैन ।’’
आफ्ना बुवालाई भेट्न नसकेपछि बुवाको फोटो सामाजिक सञ्जालमा राखेर भावना प्रकट गर्ने पनि प्रशस्तै भेटिन्छ । यस दिनमा घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ ।
वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष डा। सुनील सिटौलाले जानकारी दिए ।
भदौ कृष्ण औँसीका दिन शुक्रबार पितृ कार्य र देव कार्यमा प्रयोग हुने कुश घर डेरामा भित्रयाइँदैछ । कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै कुशको पनि उत्पत्ति गरेको हुन् भन्ने धार्मिक मान्यता छ ।
बाबु नहुने चुडाकर्म गरेका टुहुराले श्राद्ध तथा तर्पण गर्ने छोरीचेलीले प्रसाद ग्रहण गरेर बाबुप्रति श्रद्धा प्रकट गर्ने गरिन्छ । पशुपति राजराजेश्वरीमा रहेको विराटेश्वरमा यो दिन पूजा अर्चना गर्ने चलन छ ।गाेरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार