उर्लावारी र ईनरुवामा गरिमा बैंकले खोल्यो नयाँ शाखा
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १४:०:२
१३ भदौ, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ भाद्र १२ गते विहिवार मोरङ न.पा. वडा नं.७ इटहरा रोड स्थित उर्लावारी शाखा कार्यालय तथा एटीएमसमेतको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्गबहादुर फागो र ईनरुवा न.पा. वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरि क्रमश दूई शाखा कार्यालयहरुको समुद्घाटन भएको छ ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले महत्व दिईरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
कार्यक्रममा मोरङ उघोग वाणिज्य संघका अध्यक्ष पितम खड्गीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विकास वैंकका अध्यक्ष चन्द्रकान्त वरालले कार्यक्रमको समापन गरेका थिए ।
त्यस्तै गरि ईनरुवा न.पा. वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको उद्घाटन कार्यक्रममा ईनरुवा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष रामचन्द्र गोदारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उघोग वाणिज्य संघ ईनरुवा नगरपालिकाका सहसचिव रोशन खड्काले समसामयिक विषयमा प्रकाश पारेका थिए । विकास वैंकका अध्यक्ष चन्द्रकान्त वरालले कार्यक्रमको समापन गरेका थिए । उक्त दुवै कार्यक्रमको संचालन विकास वैंकका नायव महाप्रवन्धक माधव प्रसाद उपाध्यायले गरेका थिए ।
काठमान्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमान्डौं उपत्यकाभित्र ८ वटा शाखाहरु सहित देशभर ८० शाखाहरु र ३५ वटा एटीएमहरु संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ भाद्र १२ गतेसम्ममा रु.३४ अर्ब निक्षेप संकलन गरी रु.२९ अर्ब कर्जा लगानी गरेको बजारिकरण/अनुशन्धान तथा अशुली विभाग प्रमुख भक्त वहादुर के.सी.ले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार