अर्नाको बच्चा जन्मियो
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १५:१९:४६
१३ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएको एक अर्नाले बच्चा जन्माएको छ । यससँगै यहाँ अर्नाको सङ्ख्या १३ पुगेको छ । गत आर्थिक वर्षमा तीनवटा बच्चा जन्मिएका थिए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यही भदौ ९ गते अर्नाले बच्चा जन्माएको हो । पशु चिकित्सकले बाह्य शरीर हेरेर अन्य दुई अर्नाले पनि बच्चा जन्माउन सक्ने अनुमान गरेको ढकालले जानकारी दिए ।
सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये छ मरेका छन् भने यससँगै चारवटा बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र सात पोथी छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ ।
हाल निकुञ्जभित्रको पुरानो पदमपुरमा २२ हेक्टर जमीनमा विद्युतीय पिसिसी मेस जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरी दुवै वन्यजन्तुको सङ्ख्या थप गर्ने तयारी गरिएको ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार